Close This

बाराउद्योरण गाउँबाट लागु औषध खैरो हिरोइन रस्रोत नखुलेको रकम सहित एक युवक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-७ गते   ३३४ पटक हेरिएको

सर्लाहीको विष्णु गाउँपालिका १ स्थित बाराउधोरण गाउँबाट सशस्त्र प्रहरीले लागूऔषध खैरो हिरोईन,स्रोत नखुलेको रकम सहित एक युवकलाई पक्राउ गरेको छ । विष्णु गाउँपालिका १ स्थित नेपाल भारत सिमा बाराउधोरण गाउँबाट लागूऔषध खैरो हिरोईनसहित एक युवकलाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयाले जानकारी दिनु भयो । 
५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोईनसहित बागमती  नगरपालिका १० का अन्दाजी २३ वर्षीय सुमन विक पक्राउ परेका शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक खनिँयाले जानकारी दिनु भयो । 
भारतको मेजरगंजतर्फबाट प्रदेश २–०३–००६ प ३७५१ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा बोडर्र आउट पोष्ट(बिओपी) बाराबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोईन र स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय बरामद् भएको शसस्त्र प्रहरीले जनाएको छ ।
 सशस्त्र प्रहरीले पक्राउ गरेर विकलाई लागुऔषध र निजले प्रयोग गरेको मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनु भयो । उहाँका अनुसार प्रहरीले लागु औषध खैरो हिरोईन जिम्मा लिएको छ भने स्रोत नखुलेको रकम जिल्ला भन्सार कार्यालय सर्लाही पठाएको छ ।
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण सर्लाहीमा लागु औषध साना हातहतियार र अपराधिक गतिविधिहरु शान्ती सुरक्षाका हिसाबले चुनौतीको रुपमा रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech