आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताको पहुँचलाई सरल,सहज र व्यवस्थित तुल्याउन निर्वाचन आयोगले देशभर करिब दुई सय वटा मतदान स्थल थप गर्ने योजना बनाएको छ।आयोगले देशभरका मतदानस्थलहरुको पुनरावलोकन गर्दै एक सय ६८ वटा मतदान स्थल थप गर्ने योजना बनाएको हो ।
आयोगको आइतबारको निर्णय अनुसार देशभरका अपायक,जीर्ण र प्रयोगमा नरहेका वा सञ्चालन योग्य अवस्थामा नभएका ९३ वटा मतदानस्थल खारेज गरेको छ । मतदानस्थल पुनरावलोकन पछि यस अघिका १० हजार आठ सय ९२ मतदानस्थलमा जम्मा ७५ मतदानस्थल थप भई देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा रहेका त्रुटि सच्याउने,मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा पूर्ण रूपमा स्थानान्तरण गर्ने र पहिला कै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायतका कार्य सम्पन्न गरिएको छ ।
मतदानस्थल पुनरावलोकन कार्यमा सहयोग र समन्वय पु¥याउने वडा तह,जिल्ला तह र केन्द्रीय तहमा रहेका समिति,सबै राजनीतिक दल तथा सरोकारवाला प्रति आयोगले धन्यवाद ज्ञापन गरेको छ।आयोगले निर्वाचनलाई थप सहज र विश्वसनीय बनाउन सो पुनरावलोकन महत्वपूर्ण कदम भएको पनि उल्लेख गरेको छ ।