जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु, एकजना घाइते

3.9k Shares

सर्लाहीको बागमती नगरपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । ज्यान जानेमा हरिवन नगरपालिका ४ बस्ने ६२ वर्षीया तेतरी खातुन रहेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
स्थानीय आभाष रायको विवाह घरमा जाने क्रममा अचानक आईतबार राति २ बजे जंगली हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट बागमती नगरपालिका ४ रेल्वे लिक नजिक ३५ बर्षीय पुरुष घाइते भएका छन् । ती व्यक्तिको नाम ठोगाना खुलेको छैन । घाइते ती पुरुषको नमूना अस्पताल हरिवनमा प्राथमिक उपचार गरी थप उपचारको लागि नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार