Close This

लालबन्दीमा भएको सवारी दुर्घटनामा ८ जना घाईते 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-६ गते   २९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाईते भएका छन । पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी नगरपालिका १७ रानिगन्जमा भएको सवारी दुर्घटनामा ६ जना घाईते भएका प्रहरीले जनाएको छ ।
लालबन्दीबाट बर्दीबास तर्फ जाँदै गरेको ना ५ ख ४९५१ नम्बरको बस र पुर्वबाट पश्चीम तर्फ आई रहेको ना ५ च १४७० नम्बरको बोलेरो एक आपसमा ठक्कर खाँदा बसमा सवार १ जना र बोलेरोमा सवार ५ जना घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
बिहीबार बिहान करिब ९ः१५ बजे भएको सवारी दुर्घटनामा हेटौँडा उप महा नगरपालिका ४ का वर्ष अन्दाजी ५० का टिल्लेश्वरी क्षेत्री र बोलेरोमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका १२ घारी बथानका वर्ष अन्दाजी ३५ का सन्तोष बराल,वर्ष अन्दाजी २३ की मन्दीरा पुर्वछाने,वर्ष अन्दाजी ३२ की देवी राजकोटी,वर्ष अन्दाजी ६० का सुकु पुर्वछाने र वर्ष अन्दाजी २६ का बुद्ध मोक्तान घाईते भएका प्रहरी निरिक्षक थापाले जानकारी दिनु भयो ।
घाईते भएका ६ जना सबैको लालबन्दीका स्थानिय स्वास्थ्य संस्थामा उपचार भई रहेको र दुर्घटनामा संग्लग्न सवारी साधन र सो सवारी साधनका चालकहरु प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
त्यसैगरी लालबन्दी नगरपालिका  ६ अन्र्तगत पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदैै गरेको मो.सा.लाई स्यालले बाटो काट्ने क्रममा स्याललाई ठक्कर दिदा मो.सा आफै अनियन्त्रित भई पल्टदा २ जना घाईते भएका छन । घाईते हुनेहरुमा मो.सा.चालक बाराको जितपुर उ.म.न.पा(५ बस्ने बर्ष अन्दाजी २७ का बसन्त चौधरी र सोही मोसमा पछाडि सवार रौतहट चन्द्रनिगाहापुर बस्ने  बर्ष अन्दाजी ३० का रिसभ काफ्ले रहेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उनिहरुको लालबन्दीमा सामान्य उपचार पछि थप उपचारको लागि अन्यनत्र पठाईएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech