सिन्धुलीको हरिहरपुरगढी ६ मा बुद्ध मा.विका प्रधानाध्यापक बम्जनमाथि गोलि प्रहार

288 Shares

मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका एक शिक्षक माथि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा अज्ञात समुहले गोली प्रहार गरेको छ । बागमती गाउँपालिका १ बोटगाउँका अन्दाजी वर्ष ४० का प्रेम बहादुर बम्जनमाथि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार शिक्षक बम्जन माथिअज्ञात समुहले गोली प्रहार गर्दा उनको दाँतमा गोली अड्कीएको छ।शिक्षक बम्जन र उनका अन्दाजी वर्ष ३३ का भाई दिल बहादुर बम्जन मोटरसाइकलमा सवार रहेको समयमा अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिन्धुलीबाट सर्लाहीतर्फ आदैँ गरेका शिक्षक बम्जनलाई तीनजनाको समुहले बाटो ढुकेर गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।घट्ना पश्चात जिल्लाका नाकाहरु सिल गरि कडाईका साथ चेकजाँच भइरहेको छ ।मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडे स्थित रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बम्जनलाई उपचारका लागि विरगंज पठाइएको सिन्धुली प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार