Close This

सर्लाहीबाट १ सय १० जनाको स्वाब संकलन गरि परिक्षणका लागि काठमाण्डौँ पठाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१२ गते   २९९ पटक हेरिएको

सर्लाहीमा   दुई दिनमा १ सय १० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको छ । जिल्लामा कोरोना संक्रमित व्यक्तिहरु बढेसंगै स्वाब संकलनमा तिब्रता दिईएको हो  । जिल्लाको विष्णु गाउँपालिका र कविलासी नगरपालिकामा गरी दुई दिनमा क्वारेन्टाईनमा बसेका १ सय १० जना व्यक्तिको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख ज्ञानेन्द्र सिंहले जानकारी दिनु भयो । 
शनिवार विष्णु गाउँपालिकाको बत्रौल स्वास्थ्य चौकीमा रहेको क्वारेन्टाईनबाट ५० जना व्यक्तिको र आईतबार कविलासी नगरपालिका ८ अगर्बा बिद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा रहेका ६० जनाको स्वाब संकलन गरी परिक्षणका लागि टेकु पठाईएको सिंहले बताउनु भयो । 
जिल्ला स्वास्थ्य कार्यालयका प्रयोगशालाकर्मी पशुपति झा र बिजय चौरसियाको नेतृत्वमा प्रत्येक दिन फरक स्थानिय निकायका क्वारेन्टाईनमा पुगेर स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय मलंगवाका निमित प्रमुख सुशिल झाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech