उपभोक्ता समितिसंग रु १ लाख ५० हजार घुस लिँदै गर्दा २ जना वडा सदस्य अख्तियारको फन्दामा

3.4k Shares

सर्लाहीको ईश्वरपुरबाट घुस रकम सहित २ जना जनप्रतिनिधिहरु रङ्गे हात पक्राउ परेका छन् । इश्वरपुर नगरपालिका ११ का सेवाग्राहीसँग घुसलिने इश्वरपुर नगरपालिका ११ का दुई जना वडा सदस्य रङ्गे हात पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले ईश्वरपुर नगरपालिका– ११, बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस रकम रु १ लाख ५० हजार लिँदालिदै पक्राउ गरेको कार्यालयले जनाएको छ ।
ढलानसम्वन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग लिएको रु १ लाख ५० हजार नगद रकम सहित वडा सदस्य साह र रायलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
लालबन्दी नगरपालिका– ७, स्थित लालबन्दी बजारमा कृष्ण इन्टरप्राइजेज सञ्चालन गरि रहेको वडा सदस्य साह र अर्काे वडा सदस्य  रायले ईश्वरपुर नगरपालिका– ११, बेला भलुवाहीमा रु २५ लाख बजेटबाट सडक ढलान कार्य सम्पन्न भएको कार्य सम्पन्न सिफारिस गरिदिए पछि रु १ लाख ५० हजार घुस लिएका थिए । उनीहरुलाई उपभोक्ता समितिसँग घुस रकम लिँदै गर्दा आज(सोमबार) दिउँसो पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार