हरिपुर्वाका कर्माचारीहरुद्वारा आन्दोलनकाे घाेषणा

55 Shares

सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्माचारीहरु आन्दाेलित भएका छन् । हरिपुर्वा नगरपालिकाले चालू आथिर्क वर्ष २०८०।०८१ को वार्षिक बजेट,नीति तथा कार्यक्रम पहिलाे अर्ध वार्षिक वितिसक्दा पनि ल्याउन नसकेपछि तलब समेत खान नपाएको भन्दै नगरका कर्माचारीहरु आन्दाेलित भएका हुन ।

माघ २८ गते आईतबारदेखि नगरपालिका आकस्मिक बाहेकका सबै शाखाहरु अनिश्चित कालका लागी बन्द गर्ने भन्दै नगर प्रमुख विनाेद कुमार साह तेली र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई हरिपुर्वाका कर्माचारीहरुले ज्ञापन पत्र बुझाएका प्रमुख प्रशासकीय अधिकृत कुमार परियारले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षकाे सुरुदेखि नै तलब खान नपाएका नगरभित्रका विभिन्न शाखाका करिब दुई सय जना कर्मचारीहरुले आन्दाेलनकाे घाेषणा गरेका हुन । नगरपालिकाको विभिन्न शाखाहरु,वडा कार्यालयहरुमा काम गर्न चाहिने मसलन्द समाग्रीको समेत अभाव भएकोले बाध्य भएर वडा कार्यालय देखि नगरका सबै शाखाहरु बन्द गरि आन्दालित हुनु परेकाे हरिपुर्वा नगरपालिका ६ का वडा सचिव विश्वनाथ यादवले बताए।उनका अनुसार सेवाग्राहीहरुको सिफारिस,जन्मदर्ता,मृत्युदर्ता,मालपोत रसिद सहितका आवश्यक कामका लागी चाहिने कागज पनि वडामा छैन ।

नगरपालिकाको जिन्सी (स्टोर)मा समेत नहुदा सधै नागरिकबाट गाली खानु परेकाे वडा सचिवहरुकाे भनाइ छ । हरिपूर्वा नगरपालिकामा नगर प्रमुख साह र नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादव बिच मतभेद रहेका कारण हरिपुर्वा नगरपालिका अनिर्णयको बन्दी बनेकाे स्थानीयकाे भनाइ छ ।आफुले संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृत(उप सचिव)सरुवा गराएर ल्याउने र मन्त्री यादवले एक घण्टा,एक दिन तथा एक महिनामा मन्त्रालयमा तान्ने काम भईरहेकाले नगर सभा हुन नपाएको नगर प्रमुख साहले बताए। केही दिन अघि मात्रै नगरपालिका भित्रका १६ वटा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्माचारीहरुले तलब भत्ताको माग राख्दै विद्यालय बन्द गरेर आन्दोलन गरेका थिए तर सामान्य आश्वासन र विद्यार्थीहरुकाे भविष्यलाई ख्याल राखेर त्यतिवेला आन्दोलन स्थगित गरेकाे भए पनि वसन्त पञ्चमी अर्थात सरस्वती पुजा सकिए लगतै पुनः विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने शिक्षकहरुकाे भनाइ छ ।

सम्बन्धित समाचार