सर्लाहीको इश्वरपुर नगरपालिकामा पनि नापी तथा मालपोत कार्यालय स्थापना हुने भएको छ।स्थानीय सिवेन्द्र के.सीले नापी तथा मालपोत कार्यालय स्थापना गर्नका लागि इश्वरपुर नगरपालिका ७ केशरमार्ग स्थित रहेको चार कठ्ठा जग्गा नापी तथा मालपोत कार्यालय स्थापना गर्न नगरपालिकालाई हस्तान्तरण गरेका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिकामा नापी तथा कालपोत कार्यालय स्थापना गर्न पहल सुरु भएपछि स्थानीय के.सीले आफ्नो चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन ।यस अघि इश्वरपुर लगायतका क्षेत्रका किसानहरु जग्गा कनिबेच गर्न अन्यनत्र जानु परेको थियो भने अव इश्वरपुर मै नापी तथा मालपोत कार्यालय स्थापना भएपछि इश्वरपुर सहित चन्द्रनगर गाउँपालिका र हरिपुर्वा नगरपालिका लगायत सर्लाहीको पुर्वी क्षेत्रका स्थानीय तहहरुका किसानहरु नापी तथा मालपोतको काममा लागि अन्यन्त्र जानु नपर्ने नगर प्रमुख आचार्यले बताए ।