Close This

पहिलो कार्यकालमा सिकेका कुरा व्यवहारत लागु गर्छु : वडा अध्यक्ष थापा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२७ गते   २१८५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेश थापाले यो दोस्रो कार्यकाल पहिलेको भन्दा फरक ढंगबाट बिताउने बताउनुभयो । २०७४ सालको स्थानिय निकायको निर्वाचनमा निर्वाचित हुनु भएका वडा अध्यक्ष थापा २०७९ सालको दोस्रो स्थानिय निकायको निर्वाचनमा पनि लालबन्दी नगरपालिका १६ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
दोश्रो कार्यकालका लागी करिब दोब्बर मतसहित विजयी हुनुभएका वडाध्यक्ष थापाले गाउँगाउँमा टोल सुधार समिती गठन गर्ने, विद्यालयको पठन पाठन पद्धती सुधार गर्ने, युवा, कृषकहरुका लागी विभिन्न कार्यक्रम संचालन गर्ने लगाएतको काम जतिसक्दो चाँडै थालनी गरिने बताउनु भयो ।
वडाध्यक्ष थापाले आफ्नो यो दोस्रो कार्यकाल पहिलेको भन्दा पुर्णरुपमा फरक तथा वडाबासीको हितमा तिब्र गतिमा काम गर्दै बिताउने बताउनुभयो । उहाँले पहिलो कार्यकालमा धेरैकुरा सिक्दैमा वितेको बताउँदै दोस्रो कार्यकाल सिकेका कुरालाई व्यवहारत लागु गर्दै फरक तरिकाबाट बिताउने बताउनु भयो ।नेकपा(माओवादी केन्द्र)को तर्फबाट निर्वाचित वडाध्यक्ष थापाले यस अघिपनि युवाहरुका लागि खेलकुद क्षेत्रका साथै अन्य स्थानियवडाबासीहरुका  मागलाई सम्बोन गर्दै आउनु भएको थियो ।
यसअघिको साँढे ४ बर्षे कार्यकालमा पनि वडावासीका माग अनुसारका काम गर्दै अत्यन्तै लोकप्रियता कमाउनु भएका वडा अध्यक्ष थापाले दोस्रो कार्यकाल लालबन्दी नगरपालिका १६ का वडाबासीहरु मै समर्पीत गर्ने बताउनु भयो । उहाँ नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर सभा दलको नेतामा समेत चयन हुनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech