मो.सा दुर्घटनामा अनुसन्धान निरिक्षक साहको मृत्यु,सूचना लुकाउँदै जिप्रका सर्लाही,

961 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका ९ स्थित खोरिया टोलमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सकड अन्र्तगत इश्वरपुर नगरपालिका ९ स्थित खोरिया टोलमा भएको मोटरसाईकल दुर्घटनामा इश्वरपुर नगरपालिका ६ बयलवास निवासी राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरिक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय अनुसन्धानको कार्यालय मलंगवामा  कार्यरत अनुसन्धान निरिक्षक साह मंगलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा फुलजोर त्रिभुवननगर हुलाकी सकड अन्र्तगत इश्वरपुर नगरपालिका ९ स्थित खोरिया टोलको पुल मुनी दुर्घटनाग्रस्त अवस्थामा बुधबार बिहान फेला परेका प्रहरीले जनाएको छ ।
यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीले पहिला देखि उपलब्ध गराउँदै आएको दैनिक टिपोट पछिल्लो समय दिन छाडेको छ । दिनभर भएका दुर्घटनाहरु,नेपाल प्रहरीले गरेका सार्वजनिक गर्न मिल्ने गतिविधिहरु विगत देखि नै जिल्लाका सञ्चारकर्मीहरुलाई उपलब्ध् गराउने काम पछिल्लो समयमा रोकिएको छ । भने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका सञ्चारकर्मीहरुमाथी गर्ने व्यवहार फरक फरक रहेका कारण कतिपय घटनाहरु सिमित मानिसहरु बाहेकलाई थाहै नहुने गरेको छ । 

सम्बन्धित समाचार