बरहथवा घटनाको विरोधमा तरुण दलको राँके जुलुस

377 Shares

सर्लाहीको बरहथवामा भएको घटनाको विरोधमा नेपाली कांग्रेसले सर्लाहीका विभिन्न स्थानहरुमा राँके जुलुस सहित विरोध प्रदर्शन गरेको छ ।बरहथवामा भएको प्रदर्शनमा निर्दोष मानिस सर्लाही होटलका सञ्चालक बरहथवा नगरपालिका ६ का अन्दाजी वर्ष ३० का जय शंकर साहको प्रहरीले चलाएको गोली लागेर घटनास्थल मै मृत्यु भएपछि नेपाली कांग्रेस र नेपादली कांग्रेसको भातृ युवा संगठन तरुण दलले  जिल्लाभर राँके जुलुस निकालेर विरोध जनाएको तरुण दलका केन्द्रीय सदस्य विभु सिंह थापाले जानकारी दिए । 


उनका अनुसार जिल्लाका सबै प्रहरी युनिटहरुका साथै सशस्त्र प्रहरी वलका युनिटहरु अगाडि,मुख्य राजमार्ग र बजारहरुमा तरुण दलले राँके जुलुस निकालेर विरोध प्रदर्शन गरेको हो ।बरहथवामा शुक्रबार आफ्नो कामका लागि हिडेका साहको प्रहरीले चलाएको अन्दा धुन्द गोली लागेर घटनास्थल मै मृत्यु भएको थियो । साहको शव अहिले पनि प्रदर्शनकारीहरुले नै निणन्त्रणमा राखेर आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन् ।

सम्बन्धित समाचार