कर्माचारी र जनप्रतिनिधिहरु वीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चीतकालका लागि बन्द भएको छ । बिहिबार जनप्रतिनिधिहरु र कर्मचारी वीच सामान्य विषयमा विवाद भएको र त्यस लगतैदेखि अनिश्चीतकालका लागि नगरपालिकाको सम्पुर्ण कामकाज ठप्प भएको हो ।
केही वडाध्यक्षहरुले बिहिबार प्रमुख प्रशासकीय अधिकृत वसन्तकुमार न्यौपानेलाई गालीगलौचसहित दूव्र्यवहार गरेको भन्दै कर्मचारीले नगरपालिकाको सम्पुर्ण कामकाज अनिश्चीतकालका लागि बन्द गरेका हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साहले बताए ।उनका अनुसार केही वडा अध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने वीच सामान्य विवाद भएको थियो । नगर कार्यपालिकाले कार्यविधि बनाएर भर्ना तथा छनोट समिति बनाएर चालक,कार्यलय सहयोगी र सरसफाईकर्मी गरी करिब ३५ जनाको लाग करिब तीन सय जनाले आवेदन दिएका र त्यसबाट खुल्ला प्रतिस्पर्धाबाट करिब ३५ जना छनोट भएकामा हरिपुर्वा नगरपालिका ३ का वडा अध्यक्ष प्रमोद यादवले आफ्नो मान्छे नपरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई दबाब दिएका र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नमानेपछि विवाद सृजना गरेका हुन । जसका कारण नगरपालिकाका सम्पुर्ण कर्माचारीहरुले नगरपालिकामा ताला लगाएर कामकाज अनिश्चीतकालका लागि ठप्प पारेका छन् ।
कर्मचारीहरुले दोषी वडाध्यक्षहरुमाथि कारवाहीको माग गर्दै अनिश्चीतकालका लागि नगरपालिकाको सबै कामकाज ठप्प पारेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगरपालिकाको कामकाज अनिश्चीतकालका लागि ठप्प भएपछि सेवाग्राही मारमा परेका स्थानीय विरेन्द्र कुमार अधिकारीले बताए । उनका अनुसार हरिपूर्वा नगरपालिकामा यसअघिका जनप्रतिनिधको ५ वर्षे कार्यकाल विवादै–विवादमा बिताएका थिए ।
नयाँ जनप्रतिनिधि आएपछि पनि उस्तै प्रकारको कलह देखिएको अर्का स्थानीय राधेश्याम रायले बताए । उनका अनुसार बजेट बाँडफाँडमा भागबन्डा नमिल्दा असारमै पास गर्नुपर्ने बजेट नगरपालिकाले एक महिनाअघि मंसिर अन्तिममा पारित गरिएको थियो ।
जनप्रतिनिधिहरुबीच राजनीतिक सहमती हुन नसक्दा कर्मचारीहरु चेपुवामा परेका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । नगर प्रमुख साह अल्पमतमा रहँदा अहिलेका जनप्रतिनिधिहरुको कार्यकाल पनि यसरी विवाद गरेर बित्ने संकेत देखिएको भन्दै हरिपूर्वाका स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जनप्रतिनिधि मिल्न नसक्दा हरिपूर्वामा विकासले गति लिन सकेको छैन् । जनप्रतिनिधिहरु बीचको विवादका कारण कर्मचारीले यसरी बर्सेनि दूव्र्यवहार सहि रहनु परेको अर्का कर्माचारी सुनिल कुमार रायले बताए ।
यता,प्रमुख प्रशासकीय अधिकृत न्यौपाने र नगर प्रमुख साह मिलेर आर्थिक चलखेल गरी आफ्ना मान्छे मात्रै छनोट गराएका कारण आफुहरुले त्यसकोविरोध गरेको हरिपुर्वा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रमोद यादवले बताए । उनले आफुहरुले प्रमुख प्रशासकीय अधिकृत न्यौपाने माथी कुनै पनि दूव्र्यवहार नगरेको बताए ।