सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित दशगजा नजिकै एक बृद्धको शव फेला परेको छ ।मलंगवा नगरपालिका–९ स्थित दशगजा नजिकै नेपाल तर्फ चन्द्रनगर गाउँपालिका–४ का अन्दाजी ७० वर्षिय नन्दलाल मण्डल खत्वेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार बिहीबार दिउँसो तत्काल नामथर वतन नखुलेका नेपाली मुलका जस्तो देखिने अन्दाजी ६०/६५ वर्षको पुरुष मानिस मृत अवस्थामा छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी चौकी गोरखकाली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शवको पहिचान खुलाउने काम गर्ने क्रममा चन्द्रनगर गाउँपालिका–४ का अन्दाजी ७० वर्षिय नन्दलाल रहेको खुलेपछि आवश्यक प्रक्रिया पुरा गरी शवलाई पोष्ट माटमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।