त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा जोड्ने सडकको विकास विस्तार गर्न खानेपानी मन्त्री यादवको माग

465 Shares

छिमेकी देश भारतको सोनवर्षा सर्लाहीको त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा जोड्ने सडकको बहु बर्षिय योजनालाई विस्तारिकरण गर्न सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाल सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवले माग गरेका छन् ।छिमेकी देश भारतको सोनवर्षा सर्लाहीको त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा जोड्ने सडकको बहु बर्षिय योजना विस्तारिकरणले सामाजिक,सांस्कृतिक,औद्योगिक,पर्यटन,व्यवसाय,शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुग्ने भन्दै मन्त्री यादवले सो सडकको विस्तारिकरण गर्न माग गरेको बताएका छन् ।


छिमेकी देश भारतको सोनवर्षा सर्लाहीको त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा जोड्ने सडकको बहु बर्षिय योजनालाई विस्तारिकरण गर्दा छिमेकी देश भारत र नेपालका बजारहरु बीचको व्यापार,सिमा सुरक्षा र मैत्रि सम्बन्ध प्रगाढ बनाउनमा महत्वपुर्ण भूमिका रहने भएकाले आवश्यक बजेटको व्यावस्था गरी बहु बर्षिय योजनालाई विस्तारिकरण गर्न नेपाल सरकार प्रधानमन्त्री एवम नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) समक्ष माग गरेको मन्त्री यादवले जानकारी दिए ।
नेपाल सरकारका प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासंग बैकल्पिक सहायक राजमार्ग विकाश कार्यक्रमलाई विस्तार गर्न आवश्यक बजेट उपलब्ध गराईदिन आफुले माग गरेको र सोही अनुसार नेपाल सरकारका प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालालाई निर्देशन दिएका मन्त्री यादवले बताए ।
मन्त्री यादवका अनुसार सुनकोशी मरिण डाइभर्सन,बिजुली र खानेपानी समेतको आयोजना रहेको,त्रिभुवननगरमा नेपाल भारत पुल निर्माण भइ सञ्चालनमा रहेको,ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरदेखी पुर्व पश्चीम महेन्द्र लोकमार्ग सम्म २४ किलोमिटरसम्म सडक सम्पन्न हुने अवस्थामा रहेकोले यस बजेटको आवश्यकता नरहेको,पुर्व पश्चीम महेन्द्र लोकमार्ग स्थित इश्वरपुर नगरपालिका ५ को फुलजोरबाट लालबन्दी हुँदै उत्तर सिन्धुलीको मरिण गाउँपालिका सम्म सडक निर्माणाधिन अवस्थामा रहेको र मरिण खोलामा पुल निर्माण सम्पन्न भइसकेको,मरिणखोलादेखी दुम्जासम्म सडक निर्माणाधिन अवस्थामा रहेकोमा बजेटको अभाव रहेको लगायतका कारण सो सडक रणनीतिक महत्वको सडक भएकाले प्राथामिकताका साथ बजेट व्यवस्था गर्ने प्रक्रिया अघि बढाईने मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार