नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक कुमार आचार्यले स्थानीय पत्रकार र पत्रपत्रिका तथा अन्य संचारमाध्यमको संरक्षण गर्न सर्लाहीका पालिकासँग माग गरेका छन् । सर्लाहीको पत्रकारितामा चूनौति,अवसर र सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रमका लागि सर्लाही आएका आचार्यले पत्रकारको काम राज्यलाई सही ट्रयाकमा हिँडाउने र नागरिकको आवाज मुखरित गर्ने भएकाले यस कार्यमा जिम्मेवार भएर लाग्न आग्रह गरे ।
महासंघका केन्द्रीय सचिव प्रकाश धौलाकोटीले जिल्लाका पत्रकारलाई प्रविधिमा अपडेट भएर आफूलाई क्षमतावान बनाउन सुझाव दिएका छन् । जिल्लाका कुनै पनि पत्रकारलाई असुरक्षाको महशुस हुन नदिने कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बार एशोसिएसन सर्लाहीका अध्यक्ष ओमप्रकाश थापा,मानव अधिकारकर्मी रजनीकान्त झा,मुकेश मिश्र,महिला अधिकारकर्मी रम्भा झा,नागरिक समाजका अगुवा शिवचन्द्र चौधरी लगायत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गणका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द लगायतको विशेष उपस्थिति रहेको कार्यक्रममा सर्लाहीका पत्रकारहरुले आ–आफ्नो विचार व्यक्त राखेका कार्यक्रमका अध्यक्ष एवम नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओम प्रकाश ठाकुरले बताए ।