आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा २७ वर्षदेखि ८८ वर्ष सम्मको उमेर समुहका उम्मेदवारहरु मैदानमा उत्रिएका छन्।सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २६ वटा राजनैतिक दलका २७ देखि ८८ वर्ष उमेर समुहका ६१ जना उम्मेदवार मैदानमा उत्रिएका हुन ।
७१ जना स्वतन्त्र उम्मेदवार सहित एक सय ३१ जना चुनावी मैदानमा होमिँदा २७ वर्षीय युवादेखि ८८ वर्षीय वृद्धसम्म रहेका छन्।भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि युवा पुस्तालाई प्राथमिकता दिने बताएका राजनैतिक दलका नेताहरुले दवावका बावजुद युवाको प्रतिनिधित्व बढाउन सबै राजनैतिक दलहरुलाई दबाब सृजना भएको छ ।
यद्यपी चुनावमा उठाईएका उम्मेदवारहरुको उमेर हेर्ने हो भने दलहरुले युवा पुस्तालाई वेवास्ता गरेको युवाहरुको आरोप छ।नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट पछिल्लो समय स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा १८ देखि ३५ वर्ष उमेर समुहलाई युवा भनिएपनि अधिकांश दलहरुले उठाएका उम्मेदवारहरुको उमेर हेर्दा युवा पुस्तालाई वेवास्ता गरेको देखिन्छ ।
विभिन्न २६ वटा राजनीतिक दलहरुबाट ६१ जना र स्वतन्त्रबाट ७० जनाले उम्मेदवारी दिँदा ३७ जना मात्र ३५ वर्षसम्मको युवा उमेर समुहका रहेका मुख्य निर्वाचन अधिकृत एवम निर्वाचन अधिकृतको कार्यालयहरुले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै ३६ वर्षदेखि ५० वर्ष उमेरका ४७ जना विभिन्न दलहरु र स्वतन्त्रबाट उम्मेदवार रहेका छन्।उमेर समुहका हिसाबले ५० वर्ष माथिका ४७ जनाको उम्मेदवारी परेको छ।जुन विभिन्न दलहरुका साथै स्वतन्त्र तर्फबाटका हुन ।दलहरुका तर्फबाट यस निर्वाचनमा सबैभन्दा कान्छा उम्मेदवार क्षेत्र नं.१ मा नेपालका लागि नेपाली पार्टीबाट २७ वर्षिय कृष्ण यादव र सर्लाही क्षेत्र नम्बर ४ मा नेकपा((एमाले)बाट २७ वर्षिय अमनिश कुमार यादव उम्मेदवार बनेका हुन ।भने सबैभन्दा जेठा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट क्षेत्र नं. २ मा उठेका पूर्व मन्त्री ८८ वर्षिय महिन्द्र राय यादव रहेका छन् । ।क्षेत्र नं. १ मा विभिन्न दलहरु र स्वतन्त्र गरी २८ जनाको उम्मेदवारी रहेकोमा सात जना ३५ वर्ष भन्दा कम उमेरका उम्मेदवार रहेका छन् ।क्षेत्र नम्बर २ मा ३१ जनाको उम्मेदवारी हुँदा नौ जना,क्षेत्र नम्बर ३ मा ३४ जनामा आठ जना र क्षेत्र नम्बर ४ मा ३८ जनामा १३ जना ३५ वर्ष भन्दा कम उमेरका उम्मेदवार रहेका छन् ।