सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा

2.9k Shares

जिल्लामा सामुदायिक तथा सरकारी वन अतिक्रमणको चपेटमा परेको छ ।सामुदायिक वन तथा सरकारी वनबाट सुकुमबासी तथा तस्करहरुले दिनप्रतिदिन वन जन्य पदार्थ चोरी तस्करी गर्ने गरेका कारण सरकारी तथा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको हो ।


सरकारी तथा सामुदायिक वनमा कतै बस्ती बसेका छन भने कतै सरकारी भवन नै निर्माण भएका छन । जिल्लाको लालबन्दी नगरपालिका २ मा रहेको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहको जंगल क्षेत्रमा अतिक्रमण गरि जिल्ला ट्रापिक प्रहरी कार्यालय सर्लाहीको भवन निर्माण गरिएको छ ।
लालबन्दी नगरपालिका १ स्थीत नवलपुरमा जंगल क्षेत्रमा निर्माणधिन जिल्ला ट्रापिक प्रहरी कार्यालय सर्लाहीको भवन निमार्ण स्थलबाट सिसौका ८/९ वटा रुखहरु रातारात काटिएको छ भने ती काटिएका रुखहरु कहाँ छन भन्ने नत सामुदायिक वनलाई थाहा छ नत डिभिजन वन कार्यालय सर्लाहीलाई नै थाहा छ ।


२०७२ सालैबाट निर्माण सुरु गरिएको भवन क्षेत्र अहिले पनि विवादीत क्षेत्र हो भने पछिल्लो क्रममा ट्रापिक प्रहरी निरिक्षक सुर्य नारायण यादवकको निर्देशनमा ती रुखहरु रातारात गाएब भएका छन । सो क्षेत्रमा अहिले रुखका ठुटाहरु मात्र देख्न पाईन्छ । डिभिजन वनलाई आफ्नो वन क्षेत्रबाट रुखहरु रातारात गाएब गरिदाँ समेत कुनै जानकारी नभएको पाइएको छ । भने आफुहरुले काट्न दिर्नेशन समेत नदिएको नन्देश्वरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष उदय बहादुर कार्कीले बताउनु भयो ।


राष्ट्रपति चुरे संरक्षणको कार्यक्रम चलि रहेको क्षेत्रबाट यसरी वन विनाश हुनु सरोकारवाला निकायको मौनता रहेको पाइएको छ । जिल्लाको चुरे क्षेत्रबाट हरेक दिन काठ चोरी तस्करीमा संग्लग्न भएको तथा चोरी तस्करी हुँदै गर्दा विभिन्न समयमा साना तस्करहरु वनका कर्माचारीहरुले समात्ने गरेका भएपनि ठुला तस्करहरुले यसरी वनक्षेत्र उजाड पारि रहँदा डिभिजन वन कार्यालय मौन रहेको छ ।जिल्लाको बाँके खोलादेखि बागमती नदी सम्मको क्षेत्रबाट हरेक दिन काठ चोरी निकासी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । त्यसैगरी सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा अतिक्रमण गरि करिब ८/९ सय घर नै बस्ती बसेका छन सुकुम्बासीको नाममा जिल्ला बाहिर घरबार भएकाहरुले सो क्षेत्रमा जंगलको जग्गा अतिक्रमण गरेर बस्ती बसालेका छन ।
२०५० साल यता गरीब तथा सुकुम्बासीको नाममा वनको जग्गा अतिक्रमण हुने गरेको पाइएको छ । जिल्लाको बागमती नगरपालिका ४,५ नम्बरमा करिब १ हजारको हाराहारीमा बस्ती बसी सकेको छ । भने राजनैतिक आडमा यसरी बस्ती बसालीदा सागरनाथ वन विकास परियोजना पनि अलमलमा परेको छ ।
जंगल क्षेत्रमा भएको चोरी तस्करीलाई नियन्त्रणको प्रयास गरि रहेको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत माधव प्रसाद देवले बताउनु भयो । तर वन कायाृलयका कर्माचारहिरुकै मिलेमतोमा यसरी तस्करी भएका कारण कार्यालय असफल देखिएको छ । भारतसंग खुल्ला सिमाना भएका कारण रातको समयमा यसरी चोरी निकासी भएको जन जन्य पदार्थ सिधैँ सिमानाकामा पुग्ने गरेको वन कार्यालयले जनाएको छ भने वन क्षेत्र नजिक रहेका काठ चिरान मिलका कारण थप काठ चोरी हुने  गरेको कार्यालयको अनुमान छ ।

सम्बन्धित समाचार