Close This

लालबन्दी जेसीज वर्ष २०२१ को जेसीज सप्ताह शुभारम्भ,शुभारम्भ मै विभिन्न तीन कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१३ गते   ४० पटक हेरिएको

लालबन्दी जेसीजले आज(बुधबार)बाट वर्ष २०२१ को सप्ताहव्यापी कार्यक्रम जेसीज सप्ताहको शुभारम्भ गरेको छ । जेसीज सप्ताहको पहिलो दिन आज(बुधबार) विभिन्न ३ वटा कार्यक्रमहरु सम्पन्न भएका लालबन्दी जेसीजले जनाएको छ ।
 सप्ताहको पहिलो दिन लालबन्दी जेसीजले आज(बुधबार) जनज्योति आधारभूत विद्यालय, लालबन्दी नगरपालिका १६ परवानिपुरमा कक्षा ८ सम्म अध्यायनरत विद्यार्थीहरुलाई १०० थान स्कूल व्याग सहित विभिन्न शैक्षिक सामाग्री वितरण गरेको छ । “मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो।” भन्ने विशिष्ट उद्देश्यका साथ स्थापना भएको लालबन्दी जेसीजले विद्यालयमा अध्यायनरत छात्र छात्राहरुको विद्यालयमा भौतिक उपस्थितीको बढोत्तरी होस भन्ने हेतुले स्वर्णीका स्मृति प्रतिष्ठान, लालबन्दीसँगको सहकार्यमा १०० थान स्कूल व्याग सहितका अन्य शैक्षिक सामाग्रीहरु वितरण गरेको  लालबन्दी जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार खड्काले जानकारी  दिनु भयो ।
संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लालबन्दी नगरपालिका  १६ का वडाध्यक्ष गणेश बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लालबन्दी जेसीजका महासचिव राज कुमार सिंह,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर श्रेष्ठ, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरे,लालबन्दी नगरपालिका १६ का वडा सदस्यहरु, स्वास्थ्य चौकी परवानिपुरका प्रमुख, विद्यालयका शिक्षक,शिक्षीका र विद्यार्थीहरुका साथै लालबन्दी जेसीजका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको शैक्षिक सामाग्री वितरण कार्यक्रमका संयोजक कोमलहरी गौतमले जानकारी दिनु भयो ।
 त्यस्तै आजै(बुधबार) नै भएको दोश्रो कार्यक्रममा लालबन्दी नगरपालिकाको पूर्व पश्चिम लोकमार्गमा पर्ने फुलजोर र लखन्देही नदी सिमानामा लालबन्दी नगरको पहिचानको रुपमा रहेको गोलभेडाको आकृति सहितको स्वागत बोर्ड राखीएको छ । गोलभेडाको शहरले परिचित लालबन्दीको पहिचान जोगाई राख्न भन्दै आफुहरुले आफ्नो कार्यक्रममा समेटेर गोलभेडाको आकृति सहितको स्वागत बोर्ड राखेको  उक्त कार्यक्रमका संयोजक मदन कुमार पौडेलले जानकारी दिनु भयो । त्यसैगरी सप्ताहको अर्काे कार्यक्रममा आजै(बुधबार) नै हरिवन नगरपालिका ९  मा रहेका मानव सेवा आश्रममा लालबन्दी जेसीजका संस्थापक अध्यक्ष खड्काको अध्यक्षतामा खाधान्न वितरण गरिएको छ ।
जेसीज चाडका रुपमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै लालबन्दी जेसीजले जेसीज सप्ताह मनाउँदै आएको छ । सप्ताहव्यापी कार्यक्रमको चौथो कार्यक्रम स्वरुप असोज १६ गते मैत्रिपुर्ण फुटबल प्रतियोगिता र सोही दिन फेलोसिप तथा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने मुल कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech