भारतिय नम्बरको कारको ठक्करबाट क.न.पा ९ का कार्की गम्भिर घाईते

301 Shares

सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित सिस्नेरीमा कारको ठक्करबाट एक जना गंभिर घाईते भएका छन्।कमलामाई नगरपालिका ८ स्थित सिस्नेरीमा भारतीय बीएसी ३१४९ नम्बरको कारको ठक्करबाट पैदलयात्री कमलामाई नगरपालिका ९ भिमानका रमेश कार्की गंभिर घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिए ।
उनका अनुसार बर्दिवासबाट सिन्धुली तर्फ आउँदै गरेको भारतीय नम्बरको कारले ठक्कर दिँदा गम्भिर घाईते भएका पैदल यात्री कार्कीलाई जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ ।पैदलयात्रीलाई ठक्कर दिएपछि कार अनियन्त्रित भई सडक भन्दा तल झरेको प्रहरीले जनाएको छ ।कारका चालक सुनसरीको दुहबी नगरपालिका ५ का अन्दाजी वर्ष ६१ का ओमराज गिरी पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार