१० किलो गाँजा,एउटा मोटरसाईकल सहित दुई जना सर्लाही प्रहरीको नियन्त्रणमा

334 Shares

सर्लाहीको मलंगवा नगरपालिका ११ बाट अन्दाजी १० किलो लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।मलंगवा नगरपालिका ११ स्थित नवलपुर–मलंगवा सडक खण्डको चमेली माई र गम्हरियाको विचबाट अन्दाजी १० किलो लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नयाव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नवलपुर तर्फबाट मलंगवा तर्फ गई रहेको प्रदेश २–०३–०२२ प ०७६१ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलमा लुकाई छिपाई लैजाँदै गरेको अन्दाजी १० किलो लागु औषध गाँजा सहित सोही मोटरसाईकलका चालक हरिपुर नगरपालिका १ का अन्दाजी वर्ष २२ का सुलिन्द्र महतो कोईरी र सोही मोटरसाईकलमा पछाडि सवार बरहथवा नगरपालिका ९ का अन्दाजी वर्ष १६ का चन्दन शर्मा लोहारलाई नियन्त्रणमा लिइएको हो ।
मोटरसाईकलमा अंन्दाजी पाँच÷पाँच किलोका दुई वटा पोका गरि जम्मा अन्दाजी १० किलो लागु औषध गाँजा फेला परेको र उक्त लागु औषध गाँजा,मोटरसाईकल र दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्घान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार