निजगढ १२ बाट जवरजस्ती करणीमा संलग्न एक अभियुक्त पक्राउ

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-६ गते   ३९४ पटक हेरिएको

बाराको निजगढ नगरपालिका १२ बाट जवरजस्ती करणीमा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।निजगढ नगरपालिका १२ स्थित कुलिया की अन्दाजी वर्ष ११ की फरक क्षमता भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको खबर पाएपछि पुगेको इलाका प्रहरी कार्यालय निजगढको टोलीले सोही ठाउँका अन्दाजी वर्ष ६० का सोम बहादुर लुम्बा उर्फ राना साईलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार पीडित बालिकालाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएको र पीडक लुम्बालाई प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech