Close This

सर्लाहीमा ट्राफिक व्यावस्थापन अस्तव्यस्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-१५ गते   ८१४ पटक हेरिएको

जिल्लाको ट्राफिक ब्यावस्थापन खस्कदै जान थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाही मातहतका ट्राफिक प्रहरी युनिटहरुले जिल्लाका मुख्य चोक,बजारकै ट्राफिक ब्यावस्थापन राम्रो संग नगरेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको स्थानीयले बताएका छन् । 
जिल्लाका विभिन्न शहरहरुमा, मुख्य चौकहरुमा सडकखण्डमा दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय  व्यापारी साहबुदिनको भनाइ छ । जिल्ला सदरमुकाम मलंगवा,जिल्लाको मुख्य बजार लालबन्दी,हरिवन,बरथवा,बयलवास लगायतका मुख्य बजारतथा  चोकहरुमा  सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको छ ।
 दिनभरी चोकमा बस्ने ट्राफिक प्रहरीले दयाबाया नहर्ने गरेका कारण पुर्व पश्चिम लोकमार्गमै मनलाग्दी सवारी पार्किङले सवारी दुर्घटनाको संकेत दिदै गर्दा समेत ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीय बासिन्दा रमेश अधिकारीले बताएका छन् । लालबन्दीको मुख्य चोक देखी भित्रि सडकहरु जाने बाटो सम्म बस,टाटा सुमो,इ रिक्सा ,म्याजिक तथा ठेलागाडाको भिडका साथै डेलामा बजार लगाउने गरिएको छ । जसका कारण समस्या भएको भएपनि चोकमा लिन्ठिङ बस्ने ट्राफिक प्रहरीले कुनै ध्यान नदिएको स्थानीय व्यापारीहरुको भनाई छ ।
लालबन्दी बिच बजारमै रहेको ट्राफिक बिटमा बसेर सवारी चेकजाचको नाममा सर्बसाधारणलाई दुख दिने ट्राफिक प्रहरीले चोकको अस्तब्यस्त सवारी पार्किङ तिर ध्यान दिन छाडेको स्थानीयको भनाइ छ ।
पुर्व पश्चिम लोकमार्गको दुबै छेउमा सडक अतिक्रमण गरेर ठेला गाडामा ब्यापार गर्ने र मनपरी सवारी पार्किङ गर्ने गरेका कारण सो स्थानमा कुनबेला ठुला सवारी दुर्घटना हुन्छन् ,पत्तो छैन , स्थानीय ब्यापारीले कमलामाई खबरलाई बताउनु भयो । लकडाउन र निषेधाज्ञापछि दशैँ,तिहाररछठ पर्वको मुखमा राजश्व उठाउन लालबन्दी बजारको मरिण चोकमा धराप थाप्दै हिड्ने ट्राफिक प्रहरीले लालबन्दी बजारको मुखमै रहेको अस्तब्यस्त ट्राफिक ब्यावस्थापन तिर ध्यान नदिएको भन्दै सर्बत्र आलोचना हुन थालेको छ ।
यता एक ट्राफिक प्रहरी अधिकृतका अनुसार ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ आफ्नो परिक्षाको बाहनामा आफ्नै कर्माचारीहरुलाई समेत तीन दिनमाएकपटक भेट्ने गरेका छन भने चोकमा खटिएका ट्राफिक प्रहरीहरु राजश्व संकलनको नाममा रु ५ सयको रसिदमा रु ५० देखि रु एकसय सम्म रकम असुलीमा व्यावस्त रहेका छन ।
भने पहिला देखिको सिस्टम रहेका कारण पनि अहिलै व्यावस्थापन गर्न समस्या भएको तर चाँडै सबै व्यावस्थापन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कोदारमान दोङले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech