सर्लाहीका छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन्।हुलाकी सडक खण्ड अन्तरगत सर्लाहीको बलरा नगरपालिका ११ मा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।त्यस्तै,पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका ६ मा भएको सवारी दुर्घटनामा एक जना घाईते भएकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार बलरा नगरपालिका ११, छतौनामा मलंगवा तर्फ आउदै गरेको प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटना भएको हो भने पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी नगरपालिका ६ मा मधेश प्रदेश ०३ ०२८ प ४८२९ नम्बरको स्कुटी र ना ६ त ३६४६ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका ५ का अन्दाजी ४६ वर्षका नरेश प्रसाद जयसवालको मृत्यु भएको र सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका ३ पथराका अन्दाजी ४५ वर्षका सिकेन्द्र बैठा घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका १ का अन्दाजी ३० वर्षका होस नारायण राय सहित दुई वटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।घाईते बैठाको वीरगञ्जमा उपचार भइरहेको छ भने जयसवालको शव परीक्षणको लागि वीरगन्ज स्थित बयोधा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,लालबन्दी नगरपालिका ६ मा मधेश प्रदेश ०३ ०२८ प ४८२९ नम्बरको स्कुटी र ना ६ त ३६४६ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा स्कुटीमा सवार रौतहटको चन्द्रपुर नगरपालिका ५ की अन्दाजी वर्ष ३१ की निर्मला अधिकारी घाईते भएकी छन्।उनको लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिमा सामान्य उपचार पछि थप उपचारका लागि चितवन तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।मधेश प्रदेश ०३ ०२८ प ४८२९ नम्बरको स्कुटी र ना ६ त ३६४६ नम्बरको ट्याक्टरका साथै ट्याक्टरका चालक लालबन्दी नगरपालिका ८ का अन्दाजी वर्ष ५१ का मोहन ब्लोन ईलाका प्रहरी काार्यलय लालबन्दीको नियन्त्रणमा रहेका छन्।स्रोतका अनुसार उक्त ट्याक्टर लालबन्दी नगरपालिकाले भाडामा सञ्चालन गरेको बुझिएको छ ।