सर्लाहीको इश्वरपुर नगरपालिका १३ स्थित रहेको प्रहरी चौकी गौरीशंकरका असइ कमिसन असुलीमा व्यस्त रहेका छन् । इश्वरपुर नगरपालिका १३ स्थित रहेको प्रहरी चौकी गौरीशंकर प्रहरी प्रमुख असई भगवान यादव भन्सार छलीका सामानहरुको असुलीमा व्यस्त रहेका हुन ।
असई यादवले भन्सार छलीको चिनी,सुर्तिजन्य पदार्थ,किरानाका सामानहरुका साथै कपडाहरुमा समेत कमिसन असुल्ने गरेको पाइएको छ ।
भन्सार छलीको चिनी र एक भारतिय नम्बरको मोटरसाईकल सहित स्थानियले समातेर प्रहरीलाई बुझाएपनि प्रहरीले छाडेपछि सो रहस्य बाहिरिएको हो । केही स्थानियले भन्सार छलीको सामान रहेको भन्ने बुझेपछि ३ बोरा चिनी र एउटा भारतिय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तर प्रहरीले तत्कालै छाडेको र ईलाका प्रहरी कार्यालय केशरगन्जलाई चिनी सहित मोटरसाईकल भागेको भनि रिपोर्ट गरेको थियो । यसबाट सोक्षेत्रबाट हुने भन्सार छलीको चिनी,सुर्तिजन्य पदार्थ,किरानाका सामानहरुका साथै कपडाहरुमा समेत कमिसन असुल्ने गरेको पाइएको छ । भने सो क्षेत्रबाट हुनेकाठ तस्करीका साथै नदी जन्न पदार्थको समेत असई यादवलेकमिसन असुल्ने गरेका स्थानियको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय सर्लाही यस विषयमा मौन देखिएको छ ।