बुद्धचित्त दाना अवैध निकासीमा प्रहरीको सहयोग गरेको आशंका

175 Shares

सिन्धुलीका विभिन्न स्थानमा उत्पादन भएको बुद्धचित्त दानाको अवैध निकासी पैठारीमा प्रहरीको सहयोग रहेको आशंका सृजना भएको छ।सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ रजवासबाट करिब रु ३० लाखको बुद्धचित्तको दाना रातारात दादागिरी शैलीमा वडा कार्यालयलाई राजश्व समेत नबुझाई निकासी हुनु र सुनकोसी गाउँपालिका–४ भोर्लेनीबाट करिब रु ५० लाख बराबरको बुद्धचित्तको दाना चोरी भएपछि बुद्धचित्त दानाको अवैध निकासी पैठारीमा प्रहरीको सहयोग रहेको आशंका बढेको हो ।
घ्याङलेख गाउँपालिका–१ रजवासबाट वडा कार्यालयलाई बुझाउनु पर्ने राजश्व नबुझाई रातारात दादागिरी शैलीमा रु ३० लाख बराबरको बुद्धचित्तको दाना निकासी हँुदा प्रहरीले खबर पाएर पनि मौन बस्नु र त्यो घटना सेलाउन नपाउँदै सुनकोसी गाउँपालिका–४ भोर्लेनीबाट करिब रु ५० लाख बराबरको बुद्धचित्त दाना चोरी हुनुले प्रहरीको सहयोग उक्त कार्य हुन नसक्ने भन्दै चौतर्फि प्रहरीको आलोचना सुरु भएको छ ।
घ्याङलेख गाउँपालिका–१ रजवासमा उत्पादन भएको बुद्धचित्तको दाना पहिलो,दोस्रो हुँदै तेस्रो पक्ष भनिएका आर.एन.खतिवडा समुहले रु ३० लाखमा वडा कार्यालयलाई राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात निकासी गर्नु तथा सुनकोसी गाउँपालिका–५ रातमाटा स्थित रेडक्रस चोकबाट बा ८९ प ४३०५ नम्बरको मोटरसाइकल सहित दुई जनालाई स्थानीय नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउनुले प्रहरीको संग्लग्नता वा सहयोग विना बुद्धचित्तको दाना यसरी निकासी पैठारी हुन नसक्ने स्थानीयको आरोप छ ।
 घ्याङलेख गाउँपालिका–१ का वडा अध्यक्ष सोम बहादुर भोलनका अनुसार सम्झौता गर्दाको रकमको १० प्रतिशत रकम गाउँपालिकाको आर्थिक ऐन अनुसार वडा कार्यालयमा बुझाउनु पर्छ।भने सुनकोसी गाउँपालिकाका राजश्व शाखा प्रमुख पृथ्वी विक्रम थापाका अनुसार सुनकोशी गाउँपालिकाको आर्थिक ऐन अनुसार बुद्धचित्तको दाना यसरी निकासी पैठारी गर्दा सम्झौताको पाँच प्रतिशत राजश्व तिर्नुपर्छ ।तर बुद्धचित्तको दानाका व्यापारीहरुले त्यो नगरी दादागिरी शैलीमा तथा चोरी तस्करी गरी निकासी पैठारी गर्नुले पनि प्रहरी प्रशासन माथि शंका सृजना गरेको हो ।
बुद्धचित्त दाना आवश्यक राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था विपरित बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहले घ्याङ्लेख गाउँपालिका–१ रजवासबाट वडामा राजश्व नतिरी गुण्डागर्दी शैलीमा रातारात उल्टै गालि गलौज गरेर निकासी गर्नु साथै बुद्धचित्त दाना निकासीको सवालमा सामान्य जानकारी भएको र स्थानीय तहमा कर बुझाउनु पर्ने व्यवस्था अनुसार नभएको भए उजुरी दिन र उजुरी दिए बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहलाई बोलाएर राजश्व तिर्न लाउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको अभिव्यक्तिले पनि प्रहरीको मिलेमतोमा यस प्रकारको काम भएको प्रष्ट पार्छ ।तर प्रहरी नायव उपरिक्षक श्रेष्ठले बुद्धचित्तको दाना खरिदकर्ता खतिवडा समुहसंग प्रहरीको मिलेमतो नरहेको दाबी गरे।
तथापि स्थानीयवासीहरूले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न माग गरेका छन्।बुद्धचित्त दाना पछिल्लो समय धार्मिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने भएकाले यसको कारोबार बढ्दै गएको छ।बढ्दो व्यापारसँगै कर छली,अवैध संकलन तथा ढुवानीका घटना पनि बढ्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय तहको आम्दानीको प्रमुख स्रोत बन्न सक्ने बुद्धचित्त व्यापारमा पारदर्शिता कायम गर्न,राजस्व चुहावट रोक्न तथा दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
त्यस्तै, बा ८९ प ४३०५ नम्बरको मोटरसाइकलमा आएका केही मानिसहरुले बुद्धचित्तको दाना चोरी गरेर भाग्दै गर्दा सुनकोसी गाउँपालिका–५ रातमाटा रेडक्रस चोकमा स्थानीयवासीले काभ्रेको वाङ तामाङ र मोटरसाइकल चालक गरी दुई जनालाई नियन्त्रणमा लिएका भएपनि उक्त समुहमा २०÷२२ जनाको संग्लग्नता रहेको हुन सक्ने स्थानीयको आरोप छ ।

सम्बन्धित समाचार