विपद् सम्बन्धी जानकारी दिन मंगलटार प्रहरीको स्थानीयसंग अन्र्तक्रिया

48 Shares

इलाका प्रहरी कार्यालय,मंगलटार,काभ्रेले मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्न स्थानीयसँग अन्तरक्रिया गरेको छ।इलाका प्रहरी कार्यालय,मंगलटार,काभ्रेले मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्न स्थानीयसँग अन्तरक्रिया कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय,मंगलटार,काभ्रेका प्रमुख एवम प्रहरी निरिक्षक कृष्ण गिरीले जानकारी दिए ।
उनका अनुसार मनसुनजन्य बिपद्का कारण घटिरहेका घटनाहरु तथा सो कारण आगामी दिनमा हुन सक्ने सम्भाव्य क्षतिका घटनाहरुबाट बच्न आम नागरिकहरुले अपनाउनु पर्ने सुरक्षा विधि,विपद्जन्य घटनाहरुबाट बच्ने उपाय,क्षति न्युनिकरणका उपायहरु,घट्नासाथ तत्कालै सतर्कता अपनाई प्रहरीलाई तत्काल खबर गर्ने लगायतका विषयहरुमा कार्यक्रममा छलफल गरिएको हो ।इलाका प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुबाट एकै समयमा विभिन्न स्थानहरुमा स्थानिय नागरिकहरुसंग छलफल एवम अन्र्तक्रियात्मक कार्यक्रम गरिएको इलाका प्रहरी कार्यालय,मंगलटार,काभ्रेले जनाएको छ ।

सम्बन्धित समाचार