करिब ११ किलो गाँजा सहित मानिस नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-३० गते   ६१९ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित दशगजा क्षेत्रबाट प्रहरीले एकजना मानिस सहित करिब ११ किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा गरेको छ । मलंगवा नगरपालिका २ स्थित दसगजा क्षेत्रमा खटिएको प्रहरी टोलीले एकजना मानिस सहित करिब १० किलो पाँच सय ग्राम प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको विशेष टोलीले नेपालबाट भारत तर्फ विआर ०६ एजेड ७९५६ नम्बरको मोटरसाईकलमा लैजाँदै गरेको अवस्थामा मोटरसाईकलका चालक मलंगवा नगरपालिका ३ का अन्दाजी वर्ष ४० का रामअधिन राय सहित प्रतिबन्धित लागु औषध गाँजा १० किलो पाँच सय ग्राम नियन्त्रणमा लिएको हो ।
विआर ०६ एजेड ७९५६ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको १० किलो पाँच सय ग्राम प्रतिबन्धित लागु औषध गाँजा कहाँबाट सिमा क्षेत्रमा पुग्यो भन्ने विषयमा अनुसन्धान सुरु भएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।
जिल्लाको उत्तरी चुरे क्षेत्रका साथै छिमेकी जिल्ला सिन्धुली र मकवानपुरको विभिन्न भु भागमा गाँजा उत्पादन हुने गरेको छ । भने नेपाल भारत सिमा क्षेत्र सम्म गाँजा पुर्याउन जिल्लाका विभिन्न स्थानमा रहेको प्रहरी चौकीहरु कटाउनु पर्ने भएपनि सिमा क्षेत्रमा मात्र नियन्त्रणमा लिनुले सो क्षेत्रका प्रहरी युनिटहरुको सहयोग विना प्रतिवन्धित लागु औाषध गााजा सिमा क्षेत्रमा नपुग्ने जानकारहरुको अनुमान छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech