सर्लाहीको हरिपुर नगरपालिका ३ स्थित फरहदवा चिरान मिल नजिकै भएको सवारी दुर्घटनाका पीडितले करिब एक महिना हुँनै लाग्दा समेत क्षेतीपुर्ति नपाएको गुनासो गरेका छन् । पुस ८ गते सोमवार नवलपुर मलंगवा सडक खण्ड अन्र्तगत हरिपुर नगरपालिका ३ फरदवा स्थित चिरान मिल नजिकै बालुवा लोड गरिएको ट्याक्टरमा ठोक्किएर कविलासी नगरपालिका ७ का अन्दाजी बर्ष १९ का चन्दन कुमार यादवको ज्यान गएको थियो ।

नवलपुर मलंगवा सडकखण्डमा हरिपुरबाट गैर तर्फ जादै गरेको ज.२ त.४५२ नम्बरको वालुवा लोड भएको ट्याक्टर रोकि राखेको अवस्थामा बिआर ०५ क्यु ८७५९ नम्बरको भारतिय मोटरसाईकल ठोक्किँदा घाईते भएका मोटरसाईकलका चालक कविलासी नगरपालिका ७ का अन्दाजी वर्ष १९ का यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा ज्यान गएको थियो ।

पुस ८ गते भएको सवारी दुर्घटनाको पुस २९ गते जाहेरी लिएर पीडित पक्षहरु ईलाका प्रहरी कार्यालय हरिपुरमा गएपछि पीडितले उचित क्षेतीपुर्ति नपाएको रहस्य बाहिरिएको हो ।ज २ त. ४५२ नम्बरको निलो ट्याक्टरको पछाडि टेलरमा ठोक्किएर दुर्घटना भई घाईते भएका यादवको उपचारको क्रममा मृत्यु भए पनि पीडितलाई दवाव दिएर उक्त ट्याक्टरका चालक परिवर्तन गरी अर्का चालक खडा गरी जाहेरी दिन प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले दुर्घटना हुँदाका बखत उक्त ट्याक्टरका चालक र धनी मलंगवा नगरपालिका ७ का रामेश्वर राय नै रहेकाले उनैको नाममा जाहेरी लिएर आउन भनेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।

यता,उत्त ट्याक्टरका धनी मलंगवा नगरपालिका ७ का रायलाई बचाउन उनको नाममा नभई अर्का चालक खडा गरी जाहेरी लिएर आएपछि प्रहरीले जाहेरी दर्ता नगरी वास्तविक जाहेरी लिएर आउन आग्रह गरेको ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रोमन राज अर्यालले बताए।

उनले नियमानुसार दुर्घटनाको क्षेतीपुर्ति चालकले नभई साहुले दिलाउने प्रावधान रहेको साथै दुर्घटना हुँदाका बखत उक्त ट्याक्टरका चालक पनि उनै राय रहेकाले रायको नाममा जाहेरी ल्याउनु पर्ने साथै पीडितलाई अभियुक्तका केही आफन्तले बाटैमा घेरेर आफैँ जाहेरी लेखी ल्याई हस्ताक्षर गराएर प्रहरीमा दर्ता गर्न पुगेका समेत पाइएको छ।उनीहरु पीडित र अभियुक्त दुवै यादव साथै नाता भित्रैका भएकाले उनीहरुले अर्काे चालक खडा गरी आफुहरु उन्मुक्ती पाउने र कथित चालकलाई फसाउने षड्यन्त्र गरेका कारण आफुले जाहेरी दर्ता नगरेको प्रहरी निरिक्षक अर्यालले बताए ।

अन्य विषयमा प्रहरीलाई आरोप लगाउने काम भएकाले ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक अर्यालले दुर्घटना हुँदा साहु नै चालक रहेका र उनैको नाममा जाहेरी सच्याएर ल्याउन भनेको समेत बताए।दुर्घटानमा संग्लग्न रहेको बिआर ०५ क्यु ८७५९ नम्बरको भारतिय मोटरसाईकलको भन्सार र चालक चन्दन कुमारको सवारी चालक अनुमती पत्र समेत नरहेको प्रहरी स्रोतले जनाएको छ ।मृतक चन्दन कुमारका बुबा राम सुदिष्ट लामो समयदेखि भन्सार छलीको सामान नेपाल भारत गर्ने गराउने काममा संग्लग्न रहेका उक्त मोटरसाईकल सोही प्रयोजनाका लागि प्रयोग हुने गरेको पाइएको प्रहरी स्रोतको भनाई छ ।