नेपाली कांग्रेस मधेश प्रदेशद्धारा सुचना संचार तथा प्रचार प्रसार विभाग गठन,मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठी सदस्य सचिवमा चयन

558 Shares

नेपाली काँग्रेस मधेश प्रदेशले नितेशकुमार गुप्ताको नेतृत्वमा मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेको छ ।नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले नेपाली कांग्रेसको विधान २०१७ संसोधन सहितको धारा ११ को (ख) बमोजिम गुप्ता प्रमुख रहने गरी २० सदस्यीय नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरेका हुन् ।
नवगठित समितिको उपप्रमुखमा सप्तरीकी जाल्पाना कुमारी सदार सदस्यहरुमा महोतरीबाट सन्तोष सिंह र अदिद खदार,सिरहाबाट विनोद मण्डल र विंदु सिंह,पर्साबाट राहुल गुप्ता र निलिमा पौडेल,सर्लाहीबाट निकेश त्रिपाठी र रोशनकुमार साह,धनुषाबाट कमल साह र निरन्जन कुमार साह,बाराबाट अन्जली गुप्ता,सन्दीप यादव र सिकिन्द्र पासवान,रौतहटबाट प्रभातकुमार झा,सागर हुमागाई र राजेश्वर पाण्डे र सप्तरीबाट सुदा देवी र ललिता साह गरी २० जनालाई समेटी नेपाली काँग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा ११ को (ख) बमोजिम पार्टीका प्रदेश सदस्य गुप्ता प्रमुख रहेको नेपाली कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका मुख्य सचिव सन्तुप्रसाद यादवले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको सदस्य सचिवमा चयन भएका सर्लाहीका त्रिपाठी मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव समेत हुन ।

सम्बन्धित समाचार