Close This

सर्लाहीमा बुधबार १९ सहित कोरोना संक्रमितको संख्या १ हजार १ सय ९

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३ गते   ३२३ पटक हेरिएको

सर्लाहीमा बुधबार १९ जना कोरोना  संक्रमित थपिएका छन् । सर्लाहीका १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको हो । प्रवक्ता डा. गौतमका अनुसार सर्लाहीका १५ जना पुरुष तथा ४ जना महिला गरी १९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । 
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका कोभिड–१९ सम्बन्धी फोकल पर्सन सुशिल झाले १९ जना संक्रमित थपिएको जानकारी आएपनि स्थानिय निकाय नखुलेको बताउनु भयो । गोडैता, कौडेना, कविलासी, हरिपुर, बरहथवा लगायत जिल्लाका स्थानिय निकायहरुबाट पठाईएका स्वाबहरु मध्ये सबै स्थानिय निकायका केहीको रिपोर्ट आएको र केहीको रिपोर्ट आउन बाँकी रहेको झाले बताउनु भयो । थपिएका कोरोना संक्रमितको पहिचान गर्ने कार्य भई रहेको झाले बताउनु भयो ।
अब जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ९ जना पुगेका जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech