Close This

लालबन्दी १० बाट ६ जना तास खेलाडी पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-१८ गते   ३५२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १० स्थित तुलसीटोलबाट ६ जना तास खेल्ने खेलाडी पक्राउ परेका छन् । लालबन्दी नगरपालिका १० स्थित तुलसीटोलमा तास खेली रहेका उनिहरुलाई रु १ लाख ३४ हजार सहित ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
लालबन्दी नगरपालिका १० स्थित तुलसीटोलका अम्बरबहादुर गोलेको घरमा तास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
तास खेल्दाखेल्दै पक्राउ परेकाहरु उनिहरुको साथबाट रु १ लाख ३४ हजार ४ सय ५ नगद् र तीन बुक तास समेत बरामद् भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिनु भयो । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट म्याद थप गरी कारवाही अघि बढाइने उहाँले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech