महोत्तरीको औरहीमा प्रहरीको असुली धन्दा : ईट्टा भट्टादेखि प्लाई उद्योगसम्म

362 Shares

महोत्तरीको प्रहरी चौकी औरही क्षेत्र यतिबेला प्रहरीको असुली धन्दाका कारण चर्चामा आएको छ।स्थानीय व्यवसायी,उद्योगी तथा सर्वसाधारणले प्रहरीकै संलग्नतामा नियमित असुली हुने गरेको गुनासो गरेपछि कमलामाई मिडिया प्रा.लिले स्थलगत गर्दा एउटा मसला जातको काठ बोकेको ट्याक्टरका चालकसंग टिउडीमा खटिएका प्रहरी कर्मचारीले कमिसन असुलेको भिडियो कैद भएपछि सो रहस्यले चर्चा पाएको हो ।
कमलामाई मिडिया प्रा.लिलाई प्राप्त जानकारी अनुसार औहरी चोकामा रहेको प्रहरी चोक पोष्टको विटमा डिउटीमा खटिएका नेपाल प्रहरी तथा ट्राफिक प्रहरी कर्मचारीहरुले स्थानीय ईट्टा भट्टावाला,प्लाई तथा काष्ठ उद्योगवालाका साथै भारतिय नम्बर प्लेटका सवारी साधनहरु र भन्सार छलीका सामानहरुका साथै माछा बोकेर आउने ट्याक्टर,बस,अटो मयुरीहरु र मोटरसाईकलबाट प्रहरी चौकी औहरीका प्रमुख एवम असई सौखिलाल यादवले मासिक रु दुई हजार देखि दुई हजार पाँच सयका दरले मासिक कुल करिब एक लाख ५० हजार र ट्राफिक प्रहरी कर्मचारीले मासिक एक हजार पाँच सय देखि दुई हजारका दरले कुल करिब एक लाख रकम कमिसन असुल्ने गरेका छन्।जसलाई शुक्रबार बिहान करिब ९ बजे मसला जातको काठ बोकेर आएको ट्याक्टरलाई रोकी विट भित्र गएर रकम लिएको भिडियो पुष्टि गरेको छ ।

स्थानीय स्रोतका अनुसार प्रहरी चौकी औरही र अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट औरहीले संयुक्त रुपमा सवारी चेकजाँच गर्ने र कमिसन असुल्ने साथै डिउटीमा रहेका प्रहरी कर्मचारीलाई ईट्टा तथा काठ बोकेका सवारी साधनहरुले तत्कालै रु सय देखि दुई सय दिने र प्रहरी चौकी औरहीका प्रमुख असई यादवलाई मासिक रुपमा कमिसन बुझाउने गरेका छन् ।
स्रोतका अनुसार ईट्टा तथा काठ मापदण्ड विपरित धेरै बोक्ने र त्यसलाई सहजता प्रदान गरिदिन भन्दै कमिसन असुल्ने काम हुन्छ भने विना भन्सारका भारतिय नम्बरका सवारी साधनहरु तथा भन्सार छलीका सामान ल्याउने अटो मयुरीहरुले कमिसन नदिए नियन्त्रणमा लिने र अनावश्यक झन्झट र जरिवाना गराई दिने डर देखाइन्छ।
स्थानीयका अनुसार औरही बजारमा रहेको चोक पोष्टको विटमा रहेका प्रहरी कर्मचारीहरु ईट्टा तथा काठ र भन्सार छलीका सामान बोकेका सवारी साधन आउन साथ रोकेर विट भित्र जाने र रकम असुल्ने गर्छन् ।बर्दिवासदेखि सम्सी र औरहीदेखि गौशाला जाने सडक खण्ड रहेका कारण उत्त सडक खण्डमा ईट्टा भट्टावाला,प्लाई तथा काष्ठ उद्योगवालाका साथै भारतिय नम्बर प्लेटका सवारी साधनहरु र भन्सार छलीका सामानहरुका साथै माछा बोकेर आउने ट्याक्टर,बस,अटो मयुरीहरु र मोटरसाईकलबाट २४ सैँ घण्टा खुलेआम असुली हुने स्थानीय बताउँछन् ।
यस विषयमा स्थानीयवासीहरूले पनि चिन्ता व्यक्त गरेका छन्।उनीहरूका अनुसार प्रहरीको यस्तो व्यवहारले राज्यप्रति नै अविश्वास बढ्दै गएको छ।प्रहरी त सुरक्षाका लागि हो,तर यहाँ त उल्टै डरको कारण बनेको एक स्थानीयले बताए ।यता,प्रहरी प्रशासन भने आरोपलाई अस्वीकार गर्दै आएको छ।सम्बन्धित निकायका अधिकारीहरूले यस्ता गतिविधिमा संलग्न जो कोही भए पनि कारबाही हुने दाबी गरेका छन्। तर,स्थानीय स्तरमा भने अहिलेसम्म ठोस अनुसन्धान वा कारबाही भएको देखिएको छैन।
मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले यस विषयमा छानबिन गर्न माग गरेका छन्।उनीहरूका अनुसार यदि यस्ता गतिविधिले कानुनी शासनमाथि गम्भीर प्रश्न उठाउँछ।“प्रहरी आफैं गैरकानुनी कार्यमा संलग्न हुनु अत्यन्तै दुःखद कुरा हो,”एक अधिकारकर्मीले भने,“यसले आम नागरिकको विश्वास गुमाउँछ।”
व्यवसायीहरूले सम्बन्धित निकाय समक्ष गुनासो गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।उनीहरूका अनुसार उजुरी गरेपछि झन् प्रतिशोधको डर हुने भएकाले धेरैले मौन बस्न बाध्य छन्।यस परिस्थितिमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न उच्चस्तरीय छानबिन आवश्यक देखिन्छ।सम्बन्धित निकायले तत्काल ध्यान नदिए स्थिति झन् जटिल बन्न सक्ने स्थानीयको चेतावनी छ।
अन्ततःऔरही क्षेत्रमा प्रहरीमाथि लागेको असुली धन्दाको आरोपले समग्र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएको छ।यस विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सके मात्र नागरिकको विश्वास पुनःस्थापित हुन सक्ने देखिन्छ।सो विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षकलाई समेत कमलामाई मिडिया प्रा.लिले जानकारी गराएको छ ।

सम्बन्धित समाचार