बागमती २ को जनवाल कल्याण मा.विले“बृहत श्री जनवाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष”स्थापना

702 Shares

सर्लाहीको बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.विले “बृहत श्री जनवाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष”स्थापना गरेको छ।बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा.विको विद्यालय व्यवस्थापन समिति, बागमती नगरपालिका २ का वडा अध्यक्ष टेक बहादुर बल(बाबु)सहित वडा प्रतिनिधिहरु, शिक्षक अभिभावक संघ र शिक्षकहरुको उपस्थितिमा भएको छलफलले“बृहत श्री जनवाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष”स्थापना गर्ने निर्णय गरेको जनवाल कल्याण मा.विका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले जानकारी दिए।उनका अनुसार“बृहत श्री जनवाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष”स्थापना गर्ने निर्णय भएकै दिन करिब रु ३१ हजार कोषमा संकलन भएको छ ।
जसमा बागमती नगरपालिका २ का वडा अध्यक्ष टेक बहादुर बल(बाबु)ले रु एक हजार,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष टंक बहादुर बोहराले रु एक हजार,विद्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्बाले रु एक हजार सहित दिपक थापा,राम कुमार राउत,श्रीमान स्याङतान,गीता बहादुर भट्टराई,सावित्री कुमारी क्यापछाकी,सिता परियार,शुसिला कुमारी थापा,निर्मल तिमल्सिना,लक्ष्मी तामाङ,अर्पण पौडेल,विष्णु हुँमागाई,पदम बहादुर थापा, बिर्ख बहादुर बोहरा,राज कुमार कुशवार,लासाङ लामा,छविलाल उप्रेति,सिर्जना प्रसाई,रोहिणी प्रसाद मैनाली,मेनुका दाहाल,प्रेम कुमारी खत्री,संगिता थापा,सुरेश कुमार यादव,बविता कुमारी महतोले र रमेश चालिसे गरी रु ३० हजार नौ सय ५० कोषमा जम्मा भएको हो ।
 “बृहत श्री जनवाल कल्याण माध्यमिक विद्यालय विकास अक्षय कोष”स्थापना गर्ने निर्णय गरेको जनवाल कल्याण मा.विले कुनै पनि व्यक्ति,संघ,संस्था वा निकायले कुनै पनि समयमा  आफ्नो विशेष अवसरमा (जन्म दिन वार्षिक उत्सत्व,खुशिको कुनै कार्यक्रममा)आफ्नो स्वच्छाले रकम जम्मा गर्न मिल्ने र उक्त रकम मुद्दती खातामा जम्मा गरी व्याजको रकम मार्फत विद्यार्थीहरुको शैक्षिक गुण्स्तर अभिबृद्धि प्रोत्साहन,शिक्षक प्रोत्साहनका लागि प्रयोग गर्ने भएकाले सहयोग गर्न विद्यालयले आग्रह समेत गरेको छ ।

सम्बन्धित समाचार