नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटिले हरिवनका इन्जिनियरको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ ।माओवादी केन्द्र हरिवन नगर सचिवालय सदस्य तथा अखिल नेपाल उखु उत्पादक संघ क्रान्तिकारी)का महासचिव शेख इस्तिहारले सामाजिक सञ्जालमा हरिवन बजारमा निर्मित व्यापारिक बहुउद्देश्य भवनको लागत र मापदण्डको बारेमा हरिवन नगरपालिकाका इन्जिनियर जक्की अहमद सिद्धिकीलाई प्रश्न गरेपछि “नगरपालिकाको व्यापारिक भवन रु १३ करोडमा बनेको हो भनि तीन करोड रकमको विषयमा नगरपालिकाको इन्जिनियरले प्रष्ट पार्नुपर्ने हो र मापदण्ड बराबरको भवन किन बनाइएन यो प्रश्न इन्जिनियरलाई भनेर मर्यादित भाषामा सोधिएको छ।यस विषयमा इन्जिनियर जक्की अहमद सिद्धिकीले विज्ञप्ती वा फेसबुक मार्फत प्रष्ट पारेको भए हुन्थ्यो,तर उहाँले यो विकल्प नअपनाई शेष इस्तिहारलाई विभिन्न माध्यमबाट धमक्याउने प्रयत्न गर्नुभयो।यस कार्य प्रति हाम्रो पार्टीको गम्भिर ध्यानआकर्षण भएको छ ।”
माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष ताराराज पन्त(अर्जुन)को हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।विज्ञप्तीमा भनिएको छ।“हरिवन नगरपालिकाका नागरिकले उठाएको प्रश्नको सहज रुपले जवाफ दिन नसक्ने जिम्मेवार इन्जिनियरबाट भएको यस खालको गैर जिम्मेवार अलोकतान्त्रिक कार्यको घोर निन्दा तथा बिरोध गर्दछौं ।”विज्ञप्तीमा भनिएको छ ।यता,सो विषयमा बुझ्न हरिवन नगरपालिकाका इन्जिनियर जक्की अहमद सिद्धिकीलाई फोन गर्दा उनको मोवाईल अफ छ ।