सर्लाहीको लालबन्दी नगरपालिका १५ स्थित बोहोरे डाँडाबाट पेस्तोल सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका १५ स्थित बोहोरे डाँडाका अन्दाजी ५० वर्षिय रामलाल मोक्तानको घरमा अबैध हतियार लुकाई छिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा पुगेको ईलाका प्रहरी कार्यालय लालबन्दी र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले रिभलवर एकथान पेस्तोल बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका १५ स्थित बोहोरे डाँडाका मोक्तानको दुई घरको दोस्रो तल्लामा कालो झोलामा लुकाई छिपाई राखेको अवैध रिभलवर एकथान पेस्तोल बरामद् भएको हो।आईतबार राती अन्दाजी १२ बजे बरामद् भएको हँतियार र पक्राउ गरिएका मोक्तानलाई सामेबार दिउँसो सर्लाही प्रहरीले सार्वजनिक गरेको छ भने ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै,सर्लाहीको लालबन्दीका विभिन्न दुई वटा होटलका सञ्चालक सहित चारजना किशोरीहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएकोछ।लालबन्दी नगरपालिका ७ स्थित रहेको श्रेष्ठ होटल एण्ड लजका सञ्चालक र लालबन्दी नगरपालिका ९ स्थित बस्तिपुरमा रहेको सिन्धुली भन्सार घर एण्ड गेष्ट हाउसका सञ्चालक सहिच चार जना किशोरीहरुलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
लालबन्दी बजारमा सञ्चालित होटलहरुमा गैर कानूनी धन्दा एवम देहव्यापार चलाइएको भन्ने विशषे सुचनाको आधारमा खटिएको ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले लालबन्दी नगरपालिका ९ स्थित बस्तिपुरमा रहेको सिन्धुली भन्सार घर एण्ड गेष्ट हाउसका सञ्चाल वीर बहादुर मोक्तान सहित चारजना किशोरीहरु र लालबन्दी नगरपालिका ७ स्थित बजारमा सञ्चालित श्रेष्ठ होटल एण्ड लजका सञ्चालक जय श्रेष्ठलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
पछिल्लो समय लालबन्दीका कतिपय होटल एण्ड जलहरुमा गैर कानूनी धन्दा एवम देहव्यापार चलाइने गरेको भन्दै स्थानीयले प्रहरीको ध्यानाकर्षण गराएका थिए।ईलाका प्रहरी कार्यालय लालबन्दीमा प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक सुजन पाठक आएपछि लालबन्दीका होटलहरुमा हुने गैर कानूनी धन्दा एवम देह व्यापारलाई निरुत्साहीत पार्न साथै प्रतिवन्धित लागु औषध गाँजा र अन्य लागु औषका साथै हातहँतियार नियन्त्रणमा लिने क्रम बढेको पाइएको छ ।