महोत्तरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी र प्रदेश सभा १ बाट निर्वाचित अभिरामले पद तथा गोपनीयताको शपथ खान नपाउने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२० गते   १००३ पटक हेरिएको

मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा महोतरीबाट नवनिर्वाचित २ सांसदले पद तथा गोपनीयताको शपथ खान नपाउने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका तथा प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधि सभा तर्फका १ र प्रदेश सभा तर्फका १ सांसदले शपथ खान नपाउने भएका हुन् ।
 महोत्तरीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लक्ष्मी महतो कोइरीले सपथ ग्रहण गर्न नपाउने भएका छन् उनलाई शसस्त्र प्रहरी थमन बि.कको हत्या लगाायत अन्य आरोप लागेकोे छ । महोत्तरी क्षेत्र नम्बर ३ प्रदेश सभा (१) बाट निर्वाचित अभिराम शर्माले पनि पद तथा गोपनीयताको शपथ खान नपाउने भएका हुन् । 
त्यस्तै, लक्ष्मी सशस्त्र प्रहरीका असइ विकको हत्यामा फरार सूचीमा रहेका थिए । मधेस आन्दोलनका क्रममा भदौ २०७२ भदौ २५ मा विकलाई गाडीबाट थुतेर भाला तथा धारिलो हतियारले घोचेर हत्या गरेको अभियोग लक्ष्मीमाथि छ । २०७६ असोज २ मा जिल्ला अदालत महोत्तरीले रु १ लाख धरौटीमा छाड्ने आदेश दिए पनि पुनरावेदनपछि उच्च अदालत जनकपुरले पुनः पक्राउ गर्न आदेश दिएपछि उनि  फरार भएका थिए । 
प्रदेश सांसद निर्वाचित शर्माविरुद्ध पनि विक हत्यामै संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले शर्मा अदालतको तारेखमै रहेको बताए । ‘अभिराम शर्मासहितको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दा नसल्टिएकाले उहाँहरू अदालतकै तारेखमा रहेको मलाई जानकारी छ,’ उनले भने । लोसपाबाट निर्वाचित उनी मधेस प्रदेश सरकारको सामाजिक विकासमन्त्रीसमेत भइसकेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech