मलंगवा सर्लाहीको पहिलो र मधेशको चौथो साक्षर पालिका घोषणा,

122 Shares

सर्लाहीको पहिलो नगरपालिका मलंगवा नगरपालिका जिल्ला मै पहिलो  साक्षर नगरपालिका घोषणा भएको छ।जिल्लामा रहेका २० पालिका मध्ये  पहिलो तथा मधेस प्रदेशमा चौथो पालिकाको रुपमा मलंगवा नगरपालिका मंगलबार साक्षर घोषणा भएको हो।मलंगवा नगरपालिकाको आयोजनामा ‘साक्षर नेपाल,समृद्ध नेपाल र सुखी नेपाली ःसाक्षर मलंगवावासी,हामी गौरवशाली’ भन्ने मुल नाराका साथ जिल्ला कै प्रथम साक्षर पालिका मलंगवालाई घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए ।उनका अनुसार मलंगवा नगरपालिकाको १२ वटै वडा ९६ दशमलव १३ प्रतिशत व्यक्ति साक्षर भएको हुँदा  साक्षर नगरपालिका घोषणाा गरिएको हो ।मलंगवा नगरपालिकाको १२ वटै वडाको १५ देखि ६० वर्ष उमेर समूहका कुल पाँच हजार छ सय ३० निरक्षर जनसंख्यामध्ये पाँच हजार चार सय १२ अर्थात् ९६ दशमलव १३ प्रतिशत जनसंख्या साक्षर भएकोले नगरपालिकालाई‘साक्षर नगरपालिका’घोषणा गरिएको नगर प्रमुख नागेन्दै्र प्रसाद यादवले बताए। मलंगवा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्नमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षकहरूलाई सम्मान गरिनुका साथै साक्षर मलंगवा नगरपालिका नामक पुस्तक पनि विमोचन गरिएको  मलंगवा नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद मण्डलले जानकारी दिए ।

mk.jpg
साक्षर घोषणा गर्ने सुचक के छन् ?
नेपाल सरकारको मापदण्ड अनुसार पालिकाभित्र ९५ प्रतिशत नागरिक अनिवार्य लेखपढ गर्नसक्ने हुनुपर्ने व्यवस्था छ भने विभित्र १२ वटा सुचकहरु पूरा गरेको हुनु पर्ने छ ।’राष्ट्रभाषा वा मातृभाषाका वर्ण ÷अक्षरको पढाइ र लेखाइ सात लेनदेनका हरहिसाव राख्न,नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र ८ सरल चित्र पोष्टर साइनवोर्ड र ट्राफिक संकेत पढाइ र बुझाई,आफ्नो र परिवारका सदस्यको नाम,उमेर,लेखाइ र पढाइ,मोवाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न ५० देखि ९ सम्मका अंक अक्षर लेखाइ ६१ देखि १०० सम्म गणना संकेत पढाइ र बुझाइ,सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन,घडी हेरेर समय बताउन,भित्तेपात्रो हेरी तिथिमिति बताउन र बैङ्क भौचर भर्न र चेकको प्रयोग गर्न’सक्ने हुनु पर्छ भन्ने १२ सुचक तयार पारेको छ तर मलंगवा नगरपालिकाले यी सुचकहरु पूरा नगरी साक्षर घोषणा गरेको स्थानीय जानकारहरु बताउँछन् ।करिब एक वर्ष अघिदेखि साक्षर पालिका घोषणाको तयारी थालेको बागमती नगरपालिकालाई उछिन्दै कागज मै भएपनि साक्षर घोषणा गर्न मलंगवा नगरपालिका सफल भएको हो ।

सम्बन्धित समाचार