एमाले सर्लाहीको सपथ ग्रहण,टिके प्रथा भएको युवा नेताहरुकाे भनाइ

3.2k Shares

नेकपा(एमाले) सर्लाही जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत स्मृति भवनमा एमाले जिल्ला कमिटिको आयोजनामा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
 नेकपा(एमाले) सर्लाहीको आठाैं जिल्ला अधिवेशनमा निर्वाचित जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण  सम्पन्न भएको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राज नारायण साहले जानकारी दिनुभयाे । तर एमाले सर्लाहीको सपथ ग्रहण कार्यक्रम प्रति एमाले सर्लाहीका युवा नेताहरुले आपति जनाएका छन् । पार्टी एकता भएर बनेकाे नेपाल कम्युनिस्ट पार्टी( नेकपा) हुँदा जिल्ला कमिटिमा परेका,निर्वाचन प्रक्रियाबाट निर्वाचित भएका र पार्टी विघटन हुदा समेत संस्थापन पक्षकाे जिल्ला कमिटिमा रहेका युवा नेताहरुले अहिले टिकेप्रथाबाट चुनिएका नेताहरुले आफुहरुकाे पार्टिमा रहेकाे भुमिकाकाे मुल्यांकन नगरेका भन्दै आपत्ति जनाएका छन् ।
 पार्टीका जिल्ला अध्यक्ष साहको अध्यक्षता तथा पार्टीकी केन्द्रीय कमिटि सदस्य एवम् जिल्ला ईन्चार्ज कमलादेवी महतोको प्रमुख आतिथ्यता भएको सपथ ग्रहण पार्टिकाे टिके प्रथा रहेको उनिहरुकाे ठहर छ ।  पार्टीको १ सय ३५ जना पदाधिकारी सहितको जिल्ला कमिटिको शपथ ग्रहण कार्यक्रममा आफुहरुलाई मान्यता नदिनुले आपत्ति नभई टिके प्रथाकाे विषयमा आफुले आपत्ति जनाएको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष एवम् अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष माेहन भण्डारीले कमलामाई खबरलाई बताउनु भयाे । नेकपा( एमाले) विघटन हुदा समेत आफू संस्थापन पक्षमा रहेकाे विभिन्न आन्दाेलनहरुमा आफू संस्थापन पक्षबाट खटेकाे साथै जिल्ला कमिटिमा समेत आफू निर्वाचन सदस्य हुदा समेत अहिले टिके प्रथाका कारण आफुहरु जस्तै युवा नेताहरु जसकाे पार्टी प्रति लगानी धेरै रहेका नेताहरूलाई पाखा लगाउनुले आफुहरुलाई वेवास्था गरेकाे महसुस भएको वडा अध्यक्ष भण्डारीकाे भनाइ छ ।
 जिल्लाकाे राजनैतिक विश्लेषणसहित निर्वाचन लक्षित कार्यक्रम २० वटै स्थानिय निकायमा तिव्रताका साथ गर्ने, आसन्न आगामी बैशाख ३० गतेको स्थानीय निकायकाे निर्वाचनको सन्दर्भमा जितका लागि निर्वाचनमा जाने, पार्टीको केन्द्र र जिल्लाले तय गरेको मापदण्ड अनुसार विभिन्न तहका लागि उम्मेदवार सिफारिस गर्ने लगायतका निर्णय गर्दै सपथ ग्रहण कार्यक्रम गरिएको भए पनि पार्टिमा लामाे समयदेखि लगानी गरेका युवा  नेताहरुलाई पाखा लगाउनुले केही फरक पर्न सक्ने उहाँको भनाई छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य बद्री प्रसाद न्यौपाने, प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य रन्जना सरकार, केन्द्रीय सदस्य कल्पना कटुवाल, मधेश प्रदेश कमिटिका अध्यक्ष रामऔतार यादव,उपा अध्यक्ष रेवती पन्त लगायतका नेताहरुको उपस्थिती रहेको कार्यक्रममा अवसरवादीहरुलाइ समेटिएको तर पार्टी प्रति सधैं वफादार,ईमान्दार र लगनशील युवानेताहरुलाइ पार्टीले पाखा लगाएकाे लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष तथा अनेरास्ववियुका निवर्तमान जिल्ला  अध्यक्ष उज्वल कार्किले बताउनु भयाे ।

सम्बन्धित समाचार