Close This

सय बोतल लागुऔषधसहित हरिवनबाट २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१९ गते   २००२ पटक हेरिएको

सर्लाहीको हरिवनबाट लागुऔषध नियन्त्रण ब्युरो वीरगंजले लागुऔषध बेचबिखनमा संलग्न २ जनालार्ई पक्राउ गरेको छ । हरिवन नगरपालिका ३ का अन्दाजी वर्ष ४२ वर्षीय रत्न मोक्तान र सोही ठाउँ बस्ने अन्दाजी वर्ष २८ का दिपक श्रेष्ठलाई लागुऔषध बेचबिखनमा संलग्न रहेका आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
   विशेष सूचनाको आधारमा हरिवन नगरपालिका ४,गणेश चौक स्थित पुर्व पश्चिम लोकमार्गमा खटिएको लागु औषध नियन्त्रण व्युरो शाखा वीरगंजको प्रहरी टोलीले पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–०२–००४ प ९३८८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी लुकाइ छिपाइ ल्याएको डायलेक्स डि.सी १०० एम.एल को बोतल सय बोतल फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवैजनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech