दिनदुःखीको सेवामा व्यस्त पूर्व प्रहरी सहायक निरीक्षक बन्जारा

पुरुषोत्तम दास श्रेष्ठ    प्रकाशित: २०८०-५-८ गते   ४९३ पटक हेरिएको

ललितपुर । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षक इश्वर बञ्जारा दिनदुःखीको सेवामा व्यस्त छन् । खोटाङको बराहपोखरि घर भएका बन्जारा ट्राफिक प्रहरीमा छदा भवन बनाएर सडक खाल्डाखुल्डी   पुर्दै युनिफर्ममा समेत साबेल चलाएर चर्चा कमाएका थिए । 

जागिर पश्चात खोटाङे बराहपोखरि बासि दुःखि पिडितको सहारा भएका उनी सप्तरी, उदयपुर सम्मका विरामीलाई सेवा गर्न पछि परेका छैनन् । देशविदेशमा रहेका युवासाथी भाइ समाजसेवीसँग मिलेर सेवा गर्ने बन्जारा आज फेरि एकपट चर्चामा आएका छन् । 

उनले आज  कुमारिपाटीबाट सातदोबाटो  आाउने क्रममा एकजना बृद्ध अबस्थाको मान्छे खुट्टमा ठूलो चोट बोकेर छ्ट्पटाउदै गरेको देखेर पाटन हस्पिटल छेउमा गाडि रोकि झरेर हेर्दा ती व्यक्ति रूदै कराउदै मलाई सहयोग गर्नु भनेपछि नजिकको मिडिकलमा गई लागेको खर्च म दिन्छु उपचार गर्दिनु भन्दा विरामिको ठूलो घाउ देखेर हस्पिटल जाने सल्लहा दिए पछि हस्पिटल छिरि हस्पिटलमा कुरा गर्दा संरक्षक चाहिने भने पछि छट्पटी मान्दै आमा आश्रम  डोलेश्वर भक्तपुरलाई खबर गरि   प्राथमिक उपचार गरेका थिए । उनले तीनजना वेसाहारा  मानिसको ललितपुर लगनखेलबाट उद्धार गरि आमा आश्रम पठाउने काम गरेका थिए । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech