Close This

लालबन्दी जेसीजको पदस्थापना कार्यक्रम सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१० गते   ४६५ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको लालबन्दी जेसीजले दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा लालबन्दी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी किरण घिमिरेले वर्ष २०२१ का लागि जेसी श्याम कुमार खड्कालाई पद हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रमबाट वर्ष २०२१ मा चयन भएका पदाधिकारी एवम सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको लालबन्दी जेसीज वर्ष २०२० का महा सचिव सरोजवावु न्यौपानेले जानकारी दिनु भयो । लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यातमा भएको कार्यक्रममा लालबन्दी जेसीज वर्ष २०२० का अध्यक्ष जेसी घिमिरे र  २०२१ का लागि अध्यक्ष चयन हुनु भएका जेसी  खड्काले अध्यक्षता ग्रहण गर्नु भएको थियो ।


पदस्थापना कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख खड्काले नयाँ पुस्ता,नयाँ नेतृत्व कसरी स्थापित गर्न सकिन्छ र कसरी स्थापित गराउने  भन्ने पाठ सिकाएको बताउनु भयो । साथै उहाँले समाज रुपान्तरण गर्न युवाको नेतृत्व र एकता आवश्यक रहेको बताउनु भयो । साथै भोलीका दिनमा आफुहरु र समाज रुपान्तरण गर्न थप शसक्त भएर लागेको देख्न चाहेको प्रमुख अतिथि एवम नगर प्रमुख खड्काले बताउनु भयो ।उहाँले समाजमा सकारात्मक गतिविधि गर्दै समाज रुपान्तरणका लागि आफुले तथा लालबन्दी नगरपालिकाले सकेको सहयोग गर्ने बताउनु भयो ।
लालबन्दी जेसीज २०२० का अध्यक्ष जेसी घिमिरेले आफ्नो कार्यकालमा गरेको प्रगति विवरण सार्वजनिक गर्नु भएको थियो । कार्यक्रमकी विशिष्ट अतिथि एवम जेसीजकी राष्ट्रिय कार्यकारी उपाअध्यक्ष शोभा खरेलले लालबन्दी जेसीजले गर्दै आएको कामको प्रशंसा गर्नु भएको थियो । साथै उहाँले विगतका वर्षहरुमा झैँ आउने वर्षहरुमा पनि चयन भएका  पदाधिकारीहरुले जेसीजका कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाब दिनु भयो ।
२०२१ का लागि जेसी सरोज न्यौपाने कार्यकारिणी उपा अध्यक्ष ,जेसी केशवराज खड्का कार्यकारिणी उपा अध्यक्ष,जेसी राजकुमार सिंह महासचिव,जेसी कोमलहरी गौतम कोषअध्यक्ष र जेसी विमल नगरकोटी(अभिषेक),जेसी सन्तोष पौडेल,जेसी कुमार घिमिरे र जेसी गणेश बहादुर कार्की उपा अध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरी लालबन्दी जेसीजका लागि ठाकुर प्रसाद बख्रेल(मनोज) कानूनी सल्लाहकारमा चयन हुनु भएको चन्द्रनिगहापुर सिटी जेसीज वर्ष २०२० का अध्यक्ष एवम निर्वाचन आयुक्त जेसी दिलिप सापकोटाले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिका  ७ को लालबन्दी पार्टी प्यालेसमा भएको कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षहरु,एवम जनप्रतिनिधिहरु,नगरका कर्माचारीहरु,विरगन्जा सिटी जेसीजका प्रतिनिधिहरु,स्थानिय समाजसेवी,नागरीक समाज,राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech