गोली प्रहार गरी हत्या गर्ने यादव र फरार केदी मन्सुर पक्राउ

352 Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका ६ का अन्दाजी ५० वर्षिय रामपुकार यादवलाई गोली हानी हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्।केही महिना पहिला यादवलाई गोली हानी हत्या गर्ने मुख्य अभियुक्त हरिपुर्वा नगरपालिका ६ का २६ वर्षीय अभिकुमार यादव(सन्तोष)पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार राम पुकारको हत्यापछि अभिकुमार भारतका विभिन्न स्थानहरुहरुमा लुकिछिपी बस्दै आएका भएपनि नेपालतर्फ आउँदै गर्दा पर्सा गाउँपालिका ३ नारायणपुरबाट उनलाई पक्राउ गरिएको हो ।अभिकुमार विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ ।रामपुकारको हत्याका मुख्य अभियुक्त अर्थात् गोली प्रहार गर्ने हरिपुर्वा नगरपालिका ५ का २६ वर्षीय धीरेन्द्र राय(धिरु)लाई प्रहरीले घटना भएकै दिन पक्राउ परेको थियो।छोरासँगको विवादले गर्दा रामपुकारमाथि गोली प्रहार हुन पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
त्यसैगरी,एक साताअघि ललितपुरको नख्खु कारागारबाट फरार भएका मलंगवा नगरपालिका ७,का ३० वर्षीय फिरोज मन्सुर कैदीबन्दी सर्लाहीबाट पक्राउ परेका छन् ।मन्सुर कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए ।“जेनजी” आन्दोलनको क्रममा कारागारबाट कैदीबन्दी भाग्ने क्रममा मन्सुर पनि फरार भएका थिए।उनी घरमा आएर लुकिछिपी बसिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।मन्सुरलाई बाँकी कैद सजाय भुक्तानका लागि सर्लाही कारागार मलंगवा चलान गरिने सर्लाही प्रहरीले जनाएको छ ।
त्यसैगरी,प्रहरी चौकी गोरखकालीमा रहँदा चर्काे कमिसन असुली चलाएका सई हरेन्द्र साहलाई जिल्ला तानिएको छ ।चर्काे कमिसन असुली चलाएर  सिङ्गो प्रहरी संगठनलाई नै बद्नानम गराउने कार्यमा संग्लग्न रहेको पाइएपछि जिल्ला तानेर लिखित स्पष्टिकरण सोधिएको र छानविन समिति बनाएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उनको ठाउँमा बरिष्ठ सई गोरख बहादुर शाहीलाई पठाइएको छ ।“जेनजी” आन्दोलनका कारण सुरक्षा खतरा बढेपछि जिल्लाका ३४ वटा प्रहरी युनिटहरु खाली गरिएका थिए ।सोही मौका पारेर जिल्लाका सीमानाकाहरुबाट व्यापक तस्करी भएको समेत पाइएको छ । 
३४ वटा प्रहरी युनिटहरु खाली गरिएकाम केही प्रहरी युनिटहरुमा प्रहरी पठाउन बाँकी रहेको र अहिलेको वर्तमान स्थितिमा प्रहरी फिल्डमा खटिएर काम नर्ग सक्ने अवस्था नरहेका कारण प्रहरी नभएको मौका छोपी तस्करहरु सल्बलाएका प्रहरी अधिकारीहरुको भनाई छ ।

सम्बन्धित समाचार