लालबन्दी जेसीजको आयोजनामा १ दिने आधारभूत शेयर तालिम सम्पन्न

3.3k Shares

 सर्लाहीको लालबन्दीमा पहिलो पटक आधारभूत शेयर तालिम सम्पन्न भएको छ  । लालबन्दी जेसीजको आयोजनामा लालबन्दीमा पहिलो पटक आधारभूत शेयर तालिम सम्पन्न भएको हो । 
लालबन्दी जेसीज वर्ष २०२१ का अध्यक्ष श्याम कुमार खड्काको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको तालीममा लालबन्दी नगरपालिकाकीे  उप–प्रमुख शान्ती लामा, लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्की, वडा नं. ७ का अध्यक्ष शुरेन्द्र कुमार न्यौपाने, लालबन्दी चेम्वर अफ कर्मशका अध्यक्ष सुमन पौडेल, उद्योग वाणिज्य संघ लालबन्दीका उपाध्यक्ष सुर्य बहादुर श्रेष्ठ, मातृ शाखा चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ का अध्यक्ष लोकेन्द्र खड्का निवर्तमान अध्यक्ष दिलिप सापकोटा र लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरेको आथित्यतामा तालीम सम्पनन भएको लालबन्दी जेसीजले जनाएको छ ।


नेतृत्वसीपको माध्यमबाट व्यक्तित्व विकास गरि असल र सक्षम युवा उत्पादन गर्दै समाज रुपान्तरण गर्नु नै जेसीजको उद्देश्य रहेको र  व्यक्तित्व विकासको लागि आर्थिक सवलता महत्वपुर्ण पाटो भएकाले हरेक व्यक्तिसँग रहेको (खल्ती खर्च)  न्यून पुजीलाई ठिक ठाउँमा लगानी गरि अधिकतम फाईदा हासिल गर्न सक्ने संयन्त्र, विधि र प्रक्रिया बारेमा सूसुचित गराउन तालीमको आयोजना गरिएको लालबन्दी जेसिजका अध्यक्ष खड्काले बताउनु भयो ।
उहाँका अनुसार हाल स्थानियस्तरमा शेयर बजारप्रतिको बढ्दो आर्कषण र सँगसँगै रहेको अन्योलतालाई समयमा नै सम्वोधन गर्न सकियो भने शेयर बजार मार्फत युवाहरुको “केही गरौं” भन्ने सपनालाई साकार पार्न सकिन्छ भन्ने कुरालाई ख्याल गर्दै यस १ दिने आधारभूत सेयर तालिमको आयोजना गरिएको हो ।
  १ दिने आधारभूत तालिमको प्रशिक्षक नेपाल सेयर वजारका प्रख्यात युवा प्रशिक्षक सन्तोष राज बजगाइले प्रशिक्षण दिनु भएको थियो । शनिबार भएको तालीममा  लालवन्दी, इश्वरपुर, हरिवन, लगायत रौतहटको चन्द्रपुर नगरपालिकाबाट गरि ६० जनाको सहभागिता रहेको आयोजकले बताएको छ । शेयर बजारबाट कसरी नाफा कमाउन सकिन्छ भन्ने उद्धेश्यका साथ शेयर बजारको महत्वपुर्ण पक्षहरु, शेयर बजार, डिम्याट खाता संचालन प्रक्रिया, मेरो शेयर संचालन प्रक्रिया, प्राथमिक बजार र द्धितीय बजार, नेप्से सूचक, आइ, पि, ओ, सर्किट वे्रक, बुक क्लोज, मिच्युल फन्ड, डिबेन्चर, आधारभूत अनुपातहरु,शेयर बजारमा खतरा न्युनिकरण अर्थात शुन्य लगानी आदि बारेमा तालीममा दोहोरो छलफल भएको थियो । 
उक्त एक दिने आधारभूत शेयर बजार तालिममा सहभागीहरुले आ आफ्नो शेयर बजार सम्वन्धी प्रेरणादायि कथा समेत वाचन गरेका आयोजकले बताएको छ । साथै लालबन्दी जेसीजका अध्यक्ष खड्काले अतिथिहरुलाइ मायाको चिनो तथा उपस्थित सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको कार्यक्रम संयोजक सरोज बाबु न्यौपानेले जानकारी दिनु भयो ।

सम्बन्धित समाचार