देश संघिय संरचनामा गएपछि बनेका स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारका मन्त्रीहरु अनावश्यक विषयमा कर्माचारीहरुलाई दवाव दिन व्यस्त रहेका पाइएको छ।केही दिन पहिला जिल्ला हुलाक कार्यालय सिन्धुलीले सञ्चालन गरेको कार्यालय सहयोगी रहुलाकी पदको परिक्षामा बागमती प्रदेश सरकारको उद्योग,वाणिज्य,भूमि तथा प्रशासन मन्त्री शुकुमाया तामाङले अनिता कुमारी मगरको नामकार्यालय सहयोगीमा निकाली दिन भन्दै दवाव दिएकी पाइएको छ ।
सामान्य लेख पढ गर्न मात्रै सक्ने मगरले कार्यालय सहयोगी पदका लागि आवेदन दिएकीमा प्रयोगात्मक तर्फ सफल भएकी भएपनि लिखित तथा अन्तरवार्तामा असफल भएपछि मन्त्री तामाङको नाम लिएर उनका स्वकीय सचिव रमेश कार्कीले जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापालाई फोन गरेर परिक्षामाथि प्रश्न उठाएका छन् ।जिल्ला समन्वय समिति सिन्धुली,जिल्ला प्रशासन कार्यालय सिन्धुली,डिभिजन वन कार्यालय सिन्धुली,कोष तथा लेखा परिक्षकको कार्यालय सिन्धुलीका साथै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रतिनिधिहरु सम्मिसिलत परिक्षा सञ्चालन समितिले विभिन्न मापदण्डहरु बनाई सोही अनुसार सञ्चालन गरेको परिक्षामाथि पनि मन्त्री तामाङको नाम लिएर स्वकीय सचिव कार्कीले हुलाक अधिकृत थापालाई फोन लगाएका छन्।कार्यालय सहयोगी एक जनाका लागि १२ जनाले र हुलाकी एक जनाका लागि १० जनाले आवेदन दिएका थिए।परिक्षा समितिले कुनै आग्रह पुवाग्रह नराखि नीयमानुसार मापदण्ड बनाएर छ चरणमा पारदर्शी तरिकाबाट परिक्षा सञ्चालन गरीएको भएपनि मन्त्री तामाङको स्वकीय सचिव कार्कीले मन्त्री ज्युको भनाई भन्दै फोन गरेर दवाव दिएपछि करारमा कर्मचारी भर्नामा पनि राजनितिक दवाव सृजना भएको पाइएको हो ।
यता,परिक्षामा सहभागीहरु भएर उत्तिर्ण हुन असफल भएका स्थानीयले पनि परिक्षा निश्पक्ष र पारदर्शी भएको दाबी गरेका छन्।परिक्षा पर्यवेक्षकहरुले लिएको सुझाबका क्रममा परिक्षामा सहभागी भई उत्तिर्ण हुन असफल भएकी होम कुमारी बुढाथोकी,मन माया वि.क र शान्ता बस्नेतले परिक्षा पारदर्शी र कुनै आग्रह पुर्वाग्रह नराखि भएको बताएका छन्।उनीहरुले आफुहरु अनुत्तिर्ण भएपनि त्यतिको पारदर्शी रनिश्पक्ष परिक्षा अन्य कार्यालयहरुमा भए योग्य मानिस छनोट हुने बताए । त्यस्तै जिल्लाका विभिन्न राजनितिक दलका नेताहरुले पनि परिक्षा पारदर्शी र कुनै आग्रह पुर्वाग्रह नराखि गर्न सफल भएकोमा परिक्षा समितिलाई धन्यवाद दिएका छन् ।