राप्रपा मोरङको अध्यक्षमा बस्नेत निर्वाचित

259 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङको अध्यक्षमा मनोज बस्नेत निर्वाचित भएका छन् । १७ वटा पालिका,१२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र र छ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मोरङमा सबै पालिका र निर्वाचन क्षेत्रहरुमा क्रमैसंग अधिवेशन गरी आईतबार भएको जिल्ला अधिवेशनमा श्याम बहादुर कार्कीलाई बस्नेतले एक सय ५७ मतान्तरले पराजित गर्दै जिल्ला अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङकी सदस्य एवम निर्वाचन समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।उनका अनुसार कुल पाँच सय ९९ मतदाता मध्य चार सय ५९ मतदाताले मतदानमा सहभागीता जनाएकामा बस्नेतले तीन सय पाँच मत पाउँदा कार्कीले एक सय ४८ मत पाएका छन्।

9f01c2d7-ae1f-4830-aee3-0580a747f361.jpg
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका अध्यक्ष गोपाल कटुवालको अध्यक्षता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष एवम निवर्तमान उप प्रधानमन्त्री राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यतामा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङको अधिवेशनमा सहमती हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका निर्वाचन समितिका संयोजक उद्धव चन्द्र घिमिरेले बताए । उनका अनुसार जिल्ला अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रकाशन चन्द्र लोहनी,महामन्त्री धवल शम्शेर जवरा,प्रल्हाद साह,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)कोसीका अध्यक्ष राम थापा,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)कोसी तथा निवर्तमान प्रदेश सभा सदस्य भक्ति सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका सचिव जय प्रसाद सिटौला लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार