रौतहटको अस्थायी ट्राफिक प्रहरी पोष्ट विजयपुर लक्ष्मीनियाँका ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक हबल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले सहायक हबल्दार विष्टलाई जेठ महिनाको मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गरेको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा,मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले सहायक हवल्दार विष्टलाई मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गर्दै अवार्डसहित नगद पुरस्कार प्रदान गरेका र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतटहका प्रमुख एवम प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।
उनका अनुसार रौतहटको अस्थायी ट्राफिक प्रहरी पोष्ट विजयपुर लक्ष्मीनियाँ क्षेत्रमा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान र अस्थायी ट्राफिक प्रहरी पोष्ट विजयपुर लक्ष्मीनियांको कार्यालय भवन निर्माण गरेका भन्दै उनलाई मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,पथलैया बारा,मधेश प्रदेशले जनाएको छ ।
सहायक हवल्दार विष्टले करिब छ महिना कै अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट विजयपुर लक्ष्मीनियाँको कार्यालय भवन निर्माण गरेपछि सोही भवन उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा,मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक बस्नेतले सहायक हवल्दार विष्टलाई मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित गर्दै अवार्ड सहित नगद पुरस्कार प्रदान गरेका हुन ।