सर्लाहीको नयाँ रोड स्थित रहेको अस्थायी ट्राफिक प्रहरी चेक पोष्टका प्रमुख सई बलिराम साहको दादागिरी मौलाएको रहस्य फेला परेको छ।विगत करिब छ महिनादेखि अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोडको प्रमुखको रुपमा रहेका सई साहले आफ्नी श्रीमती र छोरा छोरीले खाना खाएको भाडाँ माझ्न मातहतका कर्मचारीलाई लगाउने र अटेर गरे दुव्र्यवहार गर्ने गरेको रहस्य फेला परेको छ ।
स्रोतका अनुसार सई साह अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोडमा श्रीमती र छोराछोरी सहित बस्ने गरेका तथा श्रीमती र छोराछोरीले खाना खाएको भाँडा माझ्न अस्वीकार गर्ने प्रहरी कर्मचारीमाथि विभिन्न किसिमका आरोपहरु लगाउँदै अनावश्यक दुःख दिने गरेका रहस्य फेला परेको हो ।
सर्लाही ट्राफिकका लागि मालदार मानिएको अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोडमा कार्यालय प्रमुखदेखि कुनैपनि प्रहरी कर्मचारी तीन महिना मात्रै बस्न पाउने आन्तरीक व्यवस्था रहेपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक साहले सई साहलाई आफ्नै जातको भएकै कारण विगत करिब छ महिनादेखि त्यही राखी राख्नु र सई साहले आफुलाई एक जना ठुलो पत्रकारको आर्शिवाद रहेको घमण्ड गर्दै असुली चर्काउनुले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहको नेतृत्व क्षमता माथिपनि शंका सृजना गराएको छ ।
स्रोतका अनुसार सई साहले लामो समयदेखि सरकारी जिम्मेवारी भन्दा बाहिर व्यक्तिगत काममा प्रहरी जवान तथा सहायक हवल्दारहरूलाई प्रयोग गर्दै आएका र त्यो कार्य अस्वीकार गर्दा आईतबार राती प्रहरी जवान गजेन्द्र चन्दलाई आफ्नो पावरको दम्भ देखाउँदै ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोली बोलाई पठाएपछि उनको दादागिरी र अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोड असुलीको अखडा बनेको रहस्य सार्वजनिक भएको हो ।
आईतबार राती भएको उत्त घटनामा सई साहले आफ्नी श्रीमती र छोराछोरीले खाना खाएका भाँडा माझ्न निर्देशन दिँदा ती प्रहरी जवान चन्दले “तपाईले खाना खाएको भाँडा माझ्छु तर तपाईकी श्रीमती र छोराछोरीले खाएको भाँडा माझ्दीन”भनेपछि सामान्य विवाद सृजना हुँदा सई साहले शत्तिको प्रयोग गर्दै ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी गाडि बोलाएर प्रहरी जवान चन्दलाई नियन्त्रणमा राख्न पठाएका छन् ।
स्रोतका अनुसार प्रहरी जवान चन्दले सई साहको उक्त आदेश अस्वीकार गर्दा सई साह आक्रोशित बनेका थिए।उनले प्रहरी जवान चन्दलाई हप्काउदै अपमानजनक शब्द प्रयोग गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहलाई फोन गरी ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी गाडि बोलाउन लगाएका समेत पाइएको छ ।उत्त घटनापछि पीडित प्रहरी जवान चन्द मानसिक तनावमा परेको छन् ।
प्रहरी जवान चन्दले भने,“हामी सरकारी कामका लागि नियुक्त भएका हौं।तर कतिपय अधिकृतले व्यक्तिगत सेवकजस्तो व्यवहार गर्न खोज्दा प्रहरी कर्मचारीहरू मर्कामा परिरहेका छन्।यस्तो प्रवृत्तिले संगठनको अनुशासन र मनोबल दुवै कमजोर बनाउँछ।”प्रहरी संगठनभित्र मातहतका प्रहरी कर्मचारीमाथि हुने दुव्र्यवहार,शक्ति दुरुपयोग तथा व्यक्तिगत काममा प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने पूर्व प्रहरी कर्मचारीहरु बताउँछन्।यस प्रकारका घटनाको सत्यता छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने आवाज प्रहरी वृत्तभित्रै उठ्न थालेको छ।
प्रहरी संगठन अनुशासन,मर्यादा र कानुनी शासनको आधार स्तम्भ मानिन्छ।संगठनभित्रै शक्ति दुरुपयोग र प्रहरी कर्मचारीमाथि दुव्र्यवहारका घटना दोहोरिन थालेमा त्यसले नागरिकको विश्वास समेत कमजोर बनाउछ।त्यसो त सर्लाहीको कर्मैयामा केही समय पहिला प्रमुख र प्रहरी जवान विच कुटा कुट नै भएको थियो भने हरिवनमा बर्दीमा रहेका ट्राफिक प्रहरी कर्मचारी कुटिएका थिए ।उत्त घटना सेलाउन नपाउँदै फेरी अर्काे घटना घटेको हो ।
विवादको रहस्य के हुन सक्छ ?
सर्लाहीको अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोड(काँटा)मा ट्राफिक प्रहरीको असुली चर्किएको रहस्य फेला परेको छ।नयाँरोड(काँटा) प्रमुखको रुपमा विगत करिब छ महिना पहिला गएका सई बलिराम साह सोनारको हाल सम्म्पनि आन्तरीक सरुवा नहुनु र ट्राफिक प्रहरी कर्मचारीहरु विचमा समय समयमा विवाद सृजना हुनुले नयाँरोड(काँटा)मा ट्राफिक प्रहरीको असुली मौलाएको पाइएको हो ।
लमो दुरीका मालवाहक सवारी साधनहरुको तौल मापन हुने उत्त स्थानमा भार वाहन क्षमता भन्दा बढी मालवस्तु बोकेर आउने सवारी साधनहरुसंग अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोड(काँटा)मा कार्यरत रुहेका प्रहरी जवानहरुले मासिक रु एक लाख र प्रमुखले मासिक रु दुई लाख भन्दा बढी असुली चलाउने गरेको रहस्य फेला परेको छ ।
आफ्नी श्रीमती र छोराछोरी सहित बसेका प्रमुख सई साह सहित सर्लाहीका हरेक ट्राफिक प्रहरी युनिटहरुका प्रमुखहरुको तीन महिनामा आन्तरीक सरुवा हुनु पर्नेमा अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोड(काँटा)मा कार्यरत सई साह सतिह प्रहरी जवान गजेन्द्र चन्द र खेम नेपाली विगत करिब छ महिनादेखि त्यही कार्यरत रहनुले उक्त कार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक साहको समेत मिलेमतोमा अस्थायी ट्राफिक प्रहरी चेक पोष्ट नयाँरोड(काँटा)मा चर्काे कमिसन असुली चर्किएको पाईएको हो ।उनीहरुले सवारी साधन चालक तथा व्यवसायीबाट नियमित रूपमा अवैध रकम असुली गर्ने गरेका आरोप सार्वजनिक भएको छ।स्थानीय व्यवसायी तथा यातायात क्षेत्रमा आबद्ध व्यक्तिहरूले ट्राफिक प्रहरीको नाममा दैनिक रूपमा रकम उठाउने कार्य भइरहेको रहस्य फेला परेको हो ।
स्रोतका अनुसार नयाँ रोड क्षेत्रमा खटिएका ट्राफिक प्रहरी कर्मचारीहरूले मालवाहक ट्रक, टिपरका साथै व्यावसायिक सवारी साधनबाट विभिन्न बहानामा रकम असुल्ने गरेका छन्। कागजात जाँच,ओभरलोड,रुट अनुमति तथा सवारी परीक्षणको नाममा समेत चालकहरूलाई अनावश्यक दुःख दिने र रकम बुझाएपछि सहज रूपमा छाड्ने गरिएको आरोप छ।
दैनिक रूपमा संकलन हुने रकमको ठूलो हिस्सा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहसम्म पुग्ने गरेको दाबी गरिएको छ।स्रोतले मासिक रूपमा दुई लाख भन्दा बढी रकम अनौपचारिक रूपमा संकलन हुने गरेको आरोप लगाएको छ।यद्यपि उक्त रकमको कति जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहसम्म पुग्छ भन्ने एकीन भएको छैन् ।ट्राफिक व्यवस्थापनका नाममा हुने ट्राफिक प्रहरीको यस प्रकारको गतिविधिले प्रहरी संगठन प्रतिको विश्वास कमजोर बनाएको स्थानीय बताउँछन्।उनीहरूले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्।
यता,सो विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहले लामो समयदेखि आन्तरीक सरुवा गर्न नपाएको र त्यही कारण त्यहाँ प्रहरी कर्मचारीको मनोवल बढेको हो।पछिल्लो समय विभिन्न विभागिय कामका कारण आन्तरीक सरुवा गर्न नपाएको र त्यसको परिणाम भएको बताए ।