रकम असुलेर लाईसेन र पञ्जीकरणको काम गर्दै यातायात बर्दिवास

152 Shares

यातायात व्यवस्था कार्यालय बर्दिवास महोत्तरीमा सवारी चालक तथा सवारी साधनको सडक ईजाजत तथा अन्तर प्रदेशीय जाँचपास प्रमाण पत्र बनाउदा चर्काे कमिसन असुल्ने गरेका पाइएको छ । मंसिर १७ गते ईजाजत प्राप्त नम्बर २२३ र दर्ता नम्बर १० भएको एउटा अन्तर प्रदेशीय जाँचपास प्रमाण पत्र तथा सडक इृजाजत पत्र बनाउँदा सो शाखामा काम गर्ने शैलेन्द्र चौधरीले रु सात हजार बार्गेनिङ गरेर रु पाँच हजार स्थानीय टीका बहादुर श्रेष्ठको नाममा पैसा पठाउन लगाएपछि सो रहस्य बाहिरिएको हो ।
जहाँ गएपछि विवादमा पर्ने राकेश कुमार यादव यातायात व्यवस्था कार्यालय बर्दिवासको प्रमुख भएर आए लगतै त्यहाँ सवारी चालक अनुमती पत्र बनाउने देखि सवारी साधनहरुको पञ्जिकरणको काममा समेत चर्काे असुली सुरु भएको पाइएको हो ।यातायात व्यवस्था कार्यालय बर्दिबास अगाडि रहेका विभिन्न किसिमका इन्सोरेन्स कम्पनीका काउण्टरहरुले समेत यातायात व्यवस्था कार्यालय भित्रका कर्मचारीहरुसंग मिलेर चर्काे कमिसन असुलेर सवारी चालक अनुमती पत्र बनाउने तथा यातायातको पञ्जीकरण सम्बन्धी कामहरु गर्ने गरेका समेत पाइएको छ ।
एक इन्सोरेन्स कम्पनीको बर्दिवासमा रहेको तेस्रो पक्ष काउण्टरका कर्मचारीका अनुसार बर्दिवासमा नयाँ कार्यालय प्रमुख यादव आएसंगै भित्रैका केही कर्मचारीहरु मिलेर मोटरसाईकलको सवारी चालक अनुमती पत्रको १६ हजार, कारजीप, भेनको २५ हजार र हेवीको ३२ हजार रकम असुलेर गैर कानूनी तरिकाबाट सवारी चालक अनुमती पत्र बनाउने काम सुरु गरेका छन्।उनले हामीसंग नाम नबताउने सर्तमा आफुले पनि त्यस प्रकारको काम गर्ने गरेको र सोही अनुसार कमिसन बुझाउनु पर्ने स्वीकार गरे।सो सम्बन्धी अडियो हामीसंग सुरक्षित रहेको छ । 
नेकपा(एमाले)का नेता सरोज कुमार यादव मुख्यमन्त्री हुँदा धेरै कार्यालयहरुको सरुवा गरेकामा यातायात व्यवस्था कार्यालय बर्दिवासका प्रमुख राज किशोर साहको पनि सरुवा गरी राकेश कुमार यादवलाई प्रमुख बनाएर पठाएपछि २४ घण्टा नबित्दै उनीहरु दौडिएर हाजिर हुन पुगेका थिए । नियमानुसार पञ्जीकरणका लागि सवारी साधन साथमा हुनु पर्नेर चालकको नियुक्ती गरिएको हुनु पर्ने साथै सम्बन्धीत यातायात व्यावसायी संघ तथा संस्था नियमानुसार दर्ता भई अध्यावधिक भई रहेको हुनु पर्नेमा सो नगरी कमसिनको भरमा अन्य मानिस गएर फर्जि कागजात पेश गरी अन्तर प्रदेशीय जाँचपास प्रमाण पत्र तथा सडक ईजाजत पत्र बनाउने काम गरेका केही प्रमाणहरु हामीसंग सुरक्षित रहेका छन् ।

सम्बन्धित समाचार