बागमती नगरको गौरबको आयोजना फनपार्क निर्माण कार्य प्रभावित

950 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमती नगरपालिका ११ मा निर्माणाधिन अवस्थामा रहेको फनपार्कको काम रोकिएको छ । बागमती नगरपालिकाले नगरको गौरवको आयोजनाको रुपमा निर्माण सुरु गरेको फनपार्क केही स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि निर्माण कार्य प्रभावित भएको छ ।
नगरपालिकाले नगरको गौरबको आयोजनाको रुपमा  करिब पाँच विघा जमिनमा निर्माण सुरु गरेको नगर फनपार्क निर्माण स्थानीयले अनावश्यक कुनै राजनैतिक दलका नेताको बहकाउमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि निर्माण कार्य प्रभावित भएको बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले जानकारी दिए । 
उनका अनुसार बागमती नगरपालिकाले नगरको गौरबको आयोजनाको रुपमा दक्षिण यसिया कै सबैभन्दा ठुलो मानवनिर्मित ताल निर्माण सुरु गरेको,नगर बगैँचा सुरु गरेको र फनपार्क सुरु गरेको भएपनि नगरको विकास देख्न नसक्ने शक्तिले चलखेल गर्दा फनपार्कको निर्माण कार्य प्रभावित भएको बताए ।
दक्षिण यसियाकै ठुलो मानव निर्मित बागमती माछा पोखरी(भरतताल) निर्माणाधिन अवस्थामा राखेको नगरपालिकाले नगर बगैचा पनि निर्माणको करिब ६० प्रतिशत कामसकाई सकेको बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानले बताईन । उनका अनुसार नगरपालिकाको पुर्व पश्चिम राजमार्गबाट उत्तरतर्फ बागमती नगरपालिका  ११मा  फनपार्क निर्माणका ठुलो लगानी भई सकेको भएपनि अहिले निर्माणको काम रोकिएको छ ।
आर्थिक वर्ष ०७९÷०८० सम्ममा फनपार्क निर्माण गरि सक्ने लक्ष्यका साथ नगरपालिकाले करिब दुई वर्ष पहिलाबाट फनपार्क निर्माणको काम सुरु गरेको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न,नगरका बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न र नगरको आन्तरीक आयस्रोतलाई बढावा दिन भन्दै नगरको गौरबको आयोजनाको रुपमा फनपार्क निर्माणको काम सुरु गरेको भएपनि राजनैतिक कारण अहिले निर्माण कार्य रोकिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोख्रेलले बताए ।
चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्क निर्माण सुरु भएपछि सो क्षेत्रमा व्यावसायीहरुको नजर पनि पुग्न थालेको थियो ।भने  निजी क्षेत्रबाट पनि रिसोर्ट निर्माणको काम शुरु भएको छ ।  बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण हुँदा वर्षेनी लाखौँ आन्तरिक तथा बाह्य  पर्यटक आउने लक्ष्य लिएको बागमती नगरपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेपछि निर्माण कार्य प्रभावित भएपछि अहिले अलमलमा परेको छ ।
नगरपालिकाले निर्माण सुरु गरेको फनपार्क क्षेत्रमा केही बस्ती रहेका र उनिहरु सबैलाई उचित व्यवस्थापनको काम गरिसकेको भएपनि अनावश्यक अख्तियारमा उजुरी परेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए । “फनपार्क निर्माण स्थलमा रहेका सबैलाई व्यवस्थापन गर्दै फनपार्क निर्माणको काम भईरहेको थियो,अख्तियारबाट फनपार्क निर्माण रोक्नु भन्दै फनपार्कको विषयमा उजुरी परेको खबर आएपछि  अहिले निर्माण कार्य रोकेका छौँ”नगर प्रमुख थापाले बताए ।
फनपार्कबाट बागमती माछा पोखरी(भरतताल) सम्म केबलकार चलाउने र फनपार्क भन्दा माथि चुरेको डाँडामा गौतम बुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसंग जोडिएको नगर प्रमुख थापाले जानकारी दिए । उनका अनुसार फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने छन् । फनपार्कको निर्माणले रौतहटको नुनथरको पनि पर्यटनमा टेवा पुग्ने विश्वास बागमती नगरपालिकाले लिएको छ । 

सम्बन्धित समाचार